गौर १७ चैत ।राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीका केन्द्रीय सदस्य एवं युवा बिभागका प्रमुख योगेन्द्र राय यादवले पार्टी परित्यागको घोषणा गरेका छन । उनले पार्टी अध्यक्ष सीमित जातीय घेरमा रमाउदै पार्टीलाई परिवारवादमा सिमति राखी अलोकतान्त्रिक रबैयामा चन्ल खाजेकोले असन्तोष जनाउदै उनले पार्टीबाट राजीनामा दिएका हुन ।रौतहटको राजनीतिकमा सदभावना पार्टीको चर्चित नेताको रुपमा स्थापित यादवले पार्टीबाट राजीनामा दिएपछि रौतहटमा सदभावना कमजोर भएको बताइन्छ ।
उनले पार्टी पूर्णरुपले परिवारबाद र बैचारिक सर्किणताबाट चलेकोले आन्दोलन र मधेशको लागि मरि मेटने युवाहरुको भविष्य सदभावना पार्टीमा उज्ववल नरहेको दावी गरे ।
महतोको जातिवादका बिरुद्ध यादवको बिद्रोही मोर्चामा रौतहट जिल्ला कार्य समितिका सदस्यहरु शंकर चौधरी, कमल पासवान, उपेन्द्र राय यादव, किसुन चौरसिया, हृदयनारायण, शम्भु प्रसाद यादव, युवा मञ्चका केन्द्रीय सदस्य दिनेश कुमार यादव, विधार्थी मञ्चका जिल्ला सदस्य दिपेन्द्र यादव पनि सामेल छन । उनीहरुले पनि पार्टीबाट राजीनामा दिएका छन ।
तपाईको प्रतिक्रिया