logo

जिल्ला प्रशासन बिरुद्ध अन्तरकालीन आदेश

      3/20/2017 गते 00 00 मा प्रकाशित     1782   पटक पढिएको

बीरगंज ७ चैत ।
नारायणी यातायात बस ब्यवसायी संघको कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय पर्साले पटके बिघठन गरेपछि सम्मानीत अदालतले उसको निर्णयलाई उल्ट्याई दिएको छ । यस पटक पनि जिल्ला प्रशासन कार्यालय पर्साले चैत ३ गते एउटा पत्र लेखी ०७३ पौष ३ गते भएको साधारण सभाद्वारा गठन भएको कार्यसमिति बिघठन गरि ३ सदस्यीय तर्दथ समिति घोषणा गरेको थियो । अहिलको कार्यसमितिको तर्फबाट जिल्ला प्रशासन कार्यालय पर्सा बिरुद्ध कानूनी चुनौती दिएकोमा सम्मानीत उच्च अदालतले अस्थायी इजलाश बीरगंजले चैत ७ गते जिल्ला प्रशासन कार्यालय पर्साको निर्णय लागू नगर्न नगराउन आदेश दिएको छ ।

अदालतले चैत्र १५ गते दुबै पक्षलाई उपस्थित गराई सुनवाई गर्नकालागि पेशी तोकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यो भन्दा अगाडि पनि ०७३ असोज  ७ गते कार्यसमितिमा अध्यक्षको बहुमत नभएको भन्दै संघ बिगठन गरि बरिष्ठ बस ब्यवसायी र कानून ब्यवसायी रहेको तदर्थ समिति बनाएको थियो । त्यो बीचमा दुबै संघका दुईवटा साधारण सभा पौष २ र ३ गतेका दिन भएको थियो । त्यतीबेलामा पनि सममानीत उच्च अदालतको अस्थायी इजलाश बीरगंजमा जिल्ला प्रशासन कार्यालय पर्साको आदेश बिरुद्ध रिट परेको थियो । सो रिटमा अदालतले पौष ३ मा बिनोद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा बैधानिक हुने ठहर सहितको फैसला गरेको थियो ।

तर संघमा एक पक्षले अदालतको उक्त आदेश पालना नगर्दा समस्या ज्युका त्यू रहेको ब्यवसायीहरुको भनाई छ । यस पटक अदालतले संघका निर्वाचित पदाधिकारी सदस्यहरुलाई धर पकड नगर्न समेत बिपक्षीहरुका बिरुद्ध आदेश दिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.