logo

जिल्ला प्रशासन बिरुद्ध अन्तरकालीन आदेश

      3/20/2017 गते 00 00 मा प्रकाशित     1606   पटक पढिएको

बीरगंज ७ चैत ।
नारायणी यातायात बस ब्यवसायी संघको कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय पर्साले पटके बिघठन गरेपछि सम्मानीत अदालतले उसको निर्णयलाई उल्ट्याई दिएको छ । यस पटक पनि जिल्ला प्रशासन कार्यालय पर्साले चैत ३ गते एउटा पत्र लेखी ०७३ पौष ३ गते भएको साधारण सभाद्वारा गठन भएको कार्यसमिति बिघठन गरि ३ सदस्यीय तर्दथ समिति घोषणा गरेको थियो । अहिलको कार्यसमितिको तर्फबाट जिल्ला प्रशासन कार्यालय पर्सा बिरुद्ध कानूनी चुनौती दिएकोमा सम्मानीत उच्च अदालतले अस्थायी इजलाश बीरगंजले चैत ७ गते जिल्ला प्रशासन कार्यालय पर्साको निर्णय लागू नगर्न नगराउन आदेश दिएको छ ।

अदालतले चैत्र १५ गते दुबै पक्षलाई उपस्थित गराई सुनवाई गर्नकालागि पेशी तोकेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यो भन्दा अगाडि पनि ०७३ असोज  ७ गते कार्यसमितिमा अध्यक्षको बहुमत नभएको भन्दै संघ बिगठन गरि बरिष्ठ बस ब्यवसायी र कानून ब्यवसायी रहेको तदर्थ समिति बनाएको थियो । त्यो बीचमा दुबै संघका दुईवटा साधारण सभा पौष २ र ३ गतेका दिन भएको थियो । त्यतीबेलामा पनि सममानीत उच्च अदालतको अस्थायी इजलाश बीरगंजमा जिल्ला प्रशासन कार्यालय पर्साको आदेश बिरुद्ध रिट परेको थियो । सो रिटमा अदालतले पौष ३ मा बिनोद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा बैधानिक हुने ठहर सहितको फैसला गरेको थियो ।

तर संघमा एक पक्षले अदालतको उक्त आदेश पालना नगर्दा समस्या ज्युका त्यू रहेको ब्यवसायीहरुको भनाई छ । यस पटक अदालतले संघका निर्वाचित पदाधिकारी सदस्यहरुलाई धर पकड नगर्न समेत बिपक्षीहरुका बिरुद्ध आदेश दिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.