logo

नयाँ शक्ति पर्सामा दुई जिल्ला समिति

      3/17/2017 गते 00 00 मा प्रकाशित     1375   पटक पढिएको

बीरगंज ५ चैत ।
नयाँ शक्ति पार्टी पर्सामा दुईवटा जिल्ला समिति संचालनमा आएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरि हरि मण्डलको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्माण गरिएको जानकारी दिइएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योती सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा, बलिराम साहको अध्यक्षतामा रहेको समितिले बैठक नवसालेको ,मनोमानी रुपमा केन्द्रीय परिषदमा नामावाली पठाएको,तानाशाही शैलीमा पार्टी संचालन गरेको ,कार्यालय संचालन गर्न नसकेको जिल्ला समिति निष्क्रिय रहेको कार्यकर्ता पंक्तिलाई हतोत्साही गर्ने गरि नेतृत्वले ब्यवहार गरेकोले नयाँ समिति बनाउनु परेको हरि मण्डलले बताए । नयाँ शक्ति पार्टीको नयाँ समानन्तर समितिमा सह संयोजकको रुपमा  रामश्वरुप राम,हिरा भट्टराई र राजु बैठा रहेका छन । त्यस्तै १ नम्बर क्षेत्रको संयोजकमा मुर्ली मनोहर,२ मा टुनटुन तिवारी,३ मा रास्वरुप राम ४ मा उमेश यादव,५ मा बीरेन्द्र महतो संयोजक रहेका छन । त्यस्तै बुद्धिजीवी फाँट प्रमुखमा द्वारिका श्रीवास्तव,महिला फाँट प्रमुख हिरा भट्टराई र चन्दा राम मुस्लिम फाँट प्रमुखमा समिम अन्सारी, दलीतमा राकेश राम,मजदुरमा रामदिनेश पटेल  बिद्यार्थीमा पुरुषोत्तम  चौरसिया रहेका छन   भने पार्टीको कार्यालय  सचिवमा रामदिनेश कुर्मी रहेका छन छ । यस अघि पार्टीका २ प्रदेशका संयोजक महेन्द्र पासवानले हिजो एक बिज्ञप्ति जारी गरि आमन्त्रीत केन्द्रीय कार्यकारी समितिका सदस्य हरिमण्डललाई कारवाहीको दायरामा राखिएको जनाएका  थिए । पासवानको बिज्ञप्ति पछि मण्डल पक्ष सक्रिय भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.