logo

नयाँ शक्ति पर्सामा दुई जिल्ला समिति

      3/17/2017 गते 00 00 मा प्रकाशित     1192   पटक पढिएको

बीरगंज ५ चैत ।
नयाँ शक्ति पार्टी पर्सामा दुईवटा जिल्ला समिति संचालनमा आएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरि हरि मण्डलको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्माण गरिएको जानकारी दिइएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योती सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा, बलिराम साहको अध्यक्षतामा रहेको समितिले बैठक नवसालेको ,मनोमानी रुपमा केन्द्रीय परिषदमा नामावाली पठाएको,तानाशाही शैलीमा पार्टी संचालन गरेको ,कार्यालय संचालन गर्न नसकेको जिल्ला समिति निष्क्रिय रहेको कार्यकर्ता पंक्तिलाई हतोत्साही गर्ने गरि नेतृत्वले ब्यवहार गरेकोले नयाँ समिति बनाउनु परेको हरि मण्डलले बताए । नयाँ शक्ति पार्टीको नयाँ समानन्तर समितिमा सह संयोजकको रुपमा  रामश्वरुप राम,हिरा भट्टराई र राजु बैठा रहेका छन । त्यस्तै १ नम्बर क्षेत्रको संयोजकमा मुर्ली मनोहर,२ मा टुनटुन तिवारी,३ मा रास्वरुप राम ४ मा उमेश यादव,५ मा बीरेन्द्र महतो संयोजक रहेका छन । त्यस्तै बुद्धिजीवी फाँट प्रमुखमा द्वारिका श्रीवास्तव,महिला फाँट प्रमुख हिरा भट्टराई र चन्दा राम मुस्लिम फाँट प्रमुखमा समिम अन्सारी, दलीतमा राकेश राम,मजदुरमा रामदिनेश पटेल  बिद्यार्थीमा पुरुषोत्तम  चौरसिया रहेका छन   भने पार्टीको कार्यालय  सचिवमा रामदिनेश कुर्मी रहेका छन छ । यस अघि पार्टीका २ प्रदेशका संयोजक महेन्द्र पासवानले हिजो एक बिज्ञप्ति जारी गरि आमन्त्रीत केन्द्रीय कार्यकारी समितिका सदस्य हरिमण्डललाई कारवाहीको दायरामा राखिएको जनाएका  थिए । पासवानको बिज्ञप्ति पछि मण्डल पक्ष सक्रिय भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.