काठमाडौं, १४ चैत । नयाँ शक्ति पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी भित्र राम्रो हैसियतमा रहेका नेताहरुलाई पार्टीले निष्काशन गरेको हो ।
पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले सोमबार केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
निर्मल भट्टराईले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईका कतिपय विचारसँग असहमती राख्दै आएका थिए ।
नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले पार्टी हित विपरित गतिविधि गरेको र सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले निस्कासन गरिएको बताए ।
निष्काशित समुहहरुको नेतृत्व गरिरहेका निर्मल भट्टराईले भने बाबुराम माओवादी न हुन् लोकतान्त्रिक पद्धती कँहा पच्छ र भन्ने प्रतिक्रिया दिएका छन ।
भट्टराइ सहितको समुहले भक्तपुरमा राष्ट्रिय भेलाको तयारी गरिरहेको छ । उनीहरु अव भेलाले दिने निर्देशको आधारमा अगाडि बढने तयारीमा छन ।
यसैबिच पछिल्लो समय निर्वाचन आयोगले चुनाव चिन्ह नदिए पछि बाबुराम भट्टराई संघिय समाजवादी फोरम उपेन्द्र यादव सँग मिलेर चुनाव लड्ने तयारी गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया