वीरगञ्ज, ६ चैत :
संवैधानिक राजतन्त्र र हिन्दु राज्य विधानमा राख्न नपाउने निर्वाचन आयोगको निर्णय प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले विरोधमा आइतबार सा“झ वीरगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । वीरगञ्जको अलखिया मठबाट शुरु भएको जुलुसले नगर परिक्रमा गरेको थियो ।
जुलुसमा राप्रपा पर्साका अध्यक्ष रामचन्द्र चतुर्बेदी, प्रदिप सुवेदी, नेताहरु रामबहादुर थापा, सुमेश्वरनाथ उपाध्याय, भिमा यादब, अजय पौडेल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया