logo

प्रेस युनियन बाराको आन्दोलन फिर्ता

      3/16/2017 गते 00 00 मा प्रकाशित     1117   पटक पढिएको

कलैया, ३ चैत . नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाराले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । नेपाल पत्रकार महासंघ बारा र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बारा बीच फाल्गुन २३ गते भएको सहमति अनुसार बिहीबारबाट आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको प्रेस युनियन जिल्ला कार्यसमिति बाराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
     बिगत केही समय देखि सदस्यता विवादका कारण युनियनले नेपाल पत्रकार महासंघ बारा शाखामा ताल्चा मार्नुका साथै मुख्य गेटमा काठको पटरा ठोकी आफ्नो आन्दोलनको कार्यलाई अगाडि बढाउदै आएको थियो । नेपाल पत्रकार महासंघ बारासंग सदस्यताको विषयमा सहमित भएलगतै नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाराले आफ्नो आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको अध्यक्ष गणेश रिजालले जानकारी  दिएका छन् । बिहीबार समय अभाव भएका कारण शुक्रबार औपचारिक रुपमा महासंघमा लगाइएको ताला खोलिने पनि अध्यक्ष रिजालले बताएका छन् ।प्रेस युनियन बाराले जारी गरेको बिज्ञप्तिमा सहमतीका बिषयका बारेमा भने केही उल्लेख गरिएको छैन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.