logo

बिद्यार्थी कुटने प्रअ र शिक्षकले माफी मागे

      3/20/2017 गते 00 00 मा प्रकाशित     1371   पटक पढिएको

वीरगंज ७ चैत्र ।
बीरगंजको मुर्ली स्थित विद्यासदन मा.वि.का प्रिन्सिपलले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई चरमयातना दिएको भन्दै आज विहान अभिभावकहरुले प्रदर्शन गरेपछि विद्यालय क्षेत्रमा तनाव सृजना भएको छ । सो विद्यलायको कक्षा ८ मा अध्ययनरत राहुल अंसारी, सरताज अंसारी, सोनु अंसारी, अदनान अंसारी, राजु यादव, अशोक साह, अमर यादव, बिरेन्द्र कुमार, धिरज चौधरी, रवी पटेल, साहिद अली, खुसनन्दन चौधरी, आकाश पटेल, लगायत २० जना विद्यार्थीहरुलाई ५ः०० बजे पछि अतिरिक्त कक्षा लिन अनिवार्य गरिएको र विद्यार्थीले नमान्दा विद्यालयका प्रिन्सिपल लाल बहादुर गुरुङको उपस्तिथिमा स्कुलका शिक्षक सारुख अंसारीले चरमयातना दिएको र बिधार्थीहरुको हात र खुट्टामा निल डाम समेत भएको अभिभावक मनिर अन्सारीले बताए ।

विद्यार्थीलाई नाजायज रुपमा कुटपिट गरेको विषयलाई लिएर अभिभावकहरुले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली पुगेको थियो । प्रहरी टोली र अभिभावक तथा संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य नेक महम्मद अंसारी समक्ष प्रिन्सिपल गुरुङ र शिक्षकले माफी मागेपछि घटना साम्य भएको थियो ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.