logo

बिधुत उपभोक्ता समिति गादीको अध्यक्षमा पूनःराना

      3/18/2017 गते 00 00 मा प्रकाशित     2154   पटक पढिएको

रंगपुर ५ चैत्र
बिधुत उपभोक्ता समिति गादीको छैठौ साधारण सभाले अध्यक्षमा पून दल बहादुर रानालाई सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा रामकुमार नेपाल सचिवमा बिजय गैरे सह सचिवमा महम्मद नौसाद आलम कोषाध्यक्षमा जगदीश भैया  सर्वसम्मत रुपमा चयन भएका छन । 
    त्यसैगरि सदस्यमा बीरेन्द्र चौधरी मुनेश्वर महतो,रामचन्द्र गौरो निर्मला भूषाल श्रीराम अधिकारी सूर्य कडेल बिष्णुदयाल दास चयन भएका छन । साधारण सभामा सचिव बिजय गैरे र कोषाध्यक्ष जगदीश भैयाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । समितिले आफना सदस्यहरुको स्वास्थ्य सेवालाई ख्यालमा राखेर यो वर्ष देखी एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । यस अघि साधारण सभाको उद्धघाटन गर्दै नेपाल बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्रका प्रमुख चुटन कुमार श्रीवास्तवले बिधुत उपभोक्ता समिति गादीको कामबाट आफूहरु प्रभावित भएको बताए । उनले समितिको सक्रियताका कारण य वर्ष ग्रामीण बिधुतीकरणकोलागि गादीलाई ५५ लाख रुपैया बिनियोजन गरिएको जानकारी दिए । उनले पर्सामा रहेका अन्य बिधुत उपभोक्ता समिितहरुले गादीबाट सिक्नु पर्ने उनले बताए । कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछानेले सामुदायिक भावनाका आधारमा काम गर्ने परिपाटीका कारण समाजको बिकास छिटो हुने बताए । उनले बिधुत उपभोक्ता समितिले आउने दिनमा पनि राम्रा र महत्वपूर्ण काम गर्नु पर्ने चुनौतीलाई आत्मसात गर्नु बताए । कार्यक्रममा ग्रमीण सामुदायीक बिधुत उपभोक्ता राष्ट्रीय महासंघ पर्साका अध्यक्ष श्यामबाबु कुर्मीले पर्सा जिल्लामा गादी बिधुत उपभोक्ता समिति १ नम्बरमा रहेको बताए । कार्यक्रममा बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्का लेखापाल मेखमणी गौतम ,महेन्द्र चौधरी लगायतले  शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समितिका अध्यक्ष दलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिजय गरै र स्वागत रामकुमार नेपालले गरेका थिए ।
कर्यक्रममा बिधुत उपभोक्ता समिति गादीका संस्थापकहरु केशर बहादुर आले रामकुमार नेपाल प्रेम शर्मा पौडेल गणेश भैया गोकर्ण अधिकारी गोमा सुवेदी लगायतलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.