logo

बनगस्तीद्वारा अड्चालीस क्यूफिट काठ नियन्त्रण

      3/27/2017 गते 00 00 मा प्रकाशित     1822   पटक पढिएको

बढनिहार १५ चैत ।
पर्सागढी गाउँपालिका साविक बागवाना गाविसको वडा नं ६ गुलरियाबाट बनगस्ती टोलीले आज बिहान ४८ क्यूफिट सालको काठ नियन्त्रणमा लिएको छ । 
    सेक्टर बन कार्यालय बढनिहारको गस्ती टोलीले काठ नियन्त्रणमा लिएको हो । राष्ट्रीय बन क्षेत्रबाट काठ कटान गरि साइकलमा लोड गरेर लग्दै गरेको अवस्थामा बन रक्षक जमदार प्रदीप तिमिल्सीनाको कमाण्डमा रहेको गस्तीटोलीले काठ र मान्छे नियन्त्रणमा लिएको हो । गुलरिया गाउँका महिलाहरुको अवरोधका कारण भने काठ तस्कहरु भाग्न सफल भएको तिमिल्सिीनाले बताउनु भयो । महिलाहरुले तस्करलाई भगाउन भूमिका खेले तिमिल्सीनाले भन्नु भयो दुइ जना हामीले समातेका थियौ ति पनि उम्किए”। गस्ती टोलीले  सातवटा साइकल त्यसमा लोड गरिएको सातवटा फेल्टा काठ  दुई वटा आरा र दुईवटा बन्चरो नियन्त्रणमा लिएको छ । काठ आवश्यक कारवाहीकोलागि सेक्टर बन कार्यालय बढनिहार लगिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.