logo

बीरगंजका शिल्पीको निधन

      3/19/2017 गते 00 00 मा प्रकाशित     2102   पटक पढिएको

बीरंगज ६चैत
वीरगन्जका पहिलो मेयर केशर प्रसाद मानन्धरको आज निधन भएको छ । लामो समय देखि दम र स्वासप्रश्वासको समस्याबाट ग्रसीत ९५ वर्षिय मानन्धरको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ५ बजे निधन भएको हो । स्वास लिन गाह्रो भएपछि दुइ हप्ता पहिले मानन्धरलाइ नेशनल मेडिकल कलेजको आइसियु कक्षमा भर्ना गरिएको थियो । त्यहाबाट ल्याएर उनलाइ चार दिन पहिले नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा आज बिहान साढे ५ बजे उनको निधन भएको परिवारजनले बताएका छन् । विर्ता स्थित निज निवासबाट आजदिउँसो निस्केको मानन्धरको शव यात्रा उपमहानगरपालिका कार्यालय हुदै रानीघाट स्थित शम्शानघाटमा पुगेको थियो । उनको  हिन्दु रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको छ  । बीरगंज उपमहानगरपालिकाले उहाँको समझनामा श्रद्धाञ्जली सभा गरेको थियो । प्रथम मेयर मानन्धर प्रति सम्मान दर्शाउदै उपमहानगरपालिकाले आज आफनो सेवा समेत बन्द गरेको कार्यकारी प्रमुख पिताम्बर अधिकारी बताए ।  बिक्रम सम्बत १९७९ साल असोज २८ गते वीरगन्जको वीर्तामा जन्मिएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहदाकै बखत बिक्रम संवत २०१० सालमा वीरगन्जको पहिलो प्रधानपन्च अर्थात मेयरमा  निर्वाचित भएका थिए ।  । पहिलो कार्यकाल सकिएपछि विक्रम संवत १०१४ सालमा फेरि उनी  प्रधानपन्च अर्थात मेयरको चुनावमा निर्वाचित भएका थिए । ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.