वीरगञ्ज, ६ चैत :
नेकपा एमालेको बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १३ को डुमरवानामा अगुवा कार्यकर्ता भेला आइबार सम्पन्न भएको छ ।
भेलामा एमाले केन्द्रिय कृषि तथा भूमिसुधार विभाग प्रमुख पलट चौधरी, प्रदेश नं. २ का सदस्य भरत खड्का, जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेल, जिल्ला सदस्य तारा कार्की, जिल्ला निर्वाचन कमिटी सदस्य रुपलाल चौधरी, नगर कमिटी पूर्वसदस्य बरुण गौतमलगायतले धारणा राखेका थिए ।
वडा कमिटी अध्यक्ष जादोलाल सहनीको अध्यक्षतामा सम्पन्न वैठकले चैत ११ गते शुक्रवार पोतामा प्रथम वडा अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । साथै वडास्तरमा युवा, महिला र दलीतलगायत जनसंगठनहरुको भेलासमेत गर्ने निर्णय गरेको छ । एमालेले उपमहानगरस्तरमा पार्टी संगठनलाई सुदृढ गर्ने, पुर्नसंरचना गर्ने र पार्टीले उठाएका राष्ट्रियता, स्वाधीनता, समृद्धिका मुद्दाहरुलाई जनतावीच लैजाने गरी अभियान अघि बढाएको छ ।
तपाईको प्रतिक्रिया