logo

भारु नसाटिने भएपछि तस्करहरु तनावमा

      3/28/2017 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

काठमाडौं, १५ चैत्र  । नेपालमा रहेको प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोट सटही बारे भारतले कसिलो जवाफ दिएपछि यतिबेला ठूलो परिणाममा नोट संगालेर बसेका तस्करहरु तनावमा छन् ।

पछिल्लो समय भारु सटही बारे, नेपाल र भारतीय अधिकारी बिच छलफल चलेतापनि सीमा बढाउन नेपालले गरेको आग्रह भारतले अस्वीकार गरेको छ ।

भारु सटहीको प्रक्रिया टुंग्याउन नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति भारु ४ हजार ५ सयसम्म साट्न सकिने बताएपछि राष्ट्र बैंकले सीमा बढाउन आग्रह गरेको थियो । उक्त प्रस्ताव अस्वीकार गर्दै सोमबारको बैठकमा भारतीय टोलीले भारु सटहीको सीमा बढाउन नसकिने स्पष्ट पारेको हो ।

‘यहाँबाट फर्केपछि माथिल्लो तहमा कुरा राखौंला तर पनि साढे ४ हजारको सीमा बढ्ने सम्भावना छैन,’ बैठकमा भारतीय पक्षको भनाइ उद्धृत गर्दै एक सहभागीले भने ।

यसरी भारतले कसिलो जवाफ दिएपछि तस्करहरु आत्तिएका छन् । भारतले नोट सटही खुलाउँछ र रातारात मालामाल बन्ने धेरैको दाउ चकनाचुर भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.