वीरगन्ज १५ चैत । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न ८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा फेला परेको महिलाको पहिचान खुलेको छ । पर्सा जिल्लाको बीरगंज उपमहानगरपालिका वडा नं १९ साविक २१ को रामगढवा हेल्थपोष्टमा अहेवको रुपमा कार्यरत ३८ वर्षिया बविता पंडित रहेको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैत १३ गते उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।
१ वर्ष अगाडि देखी उनी पर्सामा कार्यरत रहेको बताइएको छ । उनको घर र माइती सर्लाही जिल्लामा रहेको प्रहरी जनायो । सर्लाहीको सिुसवा गाविस उनको माइत बताइएको छ । उनका श्रीमान अमरेन्द्र पंडित भने सम्र्पक बाहिर रहेको बताइएको छ ।
यस घटनाका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान प्रक्रीया लाई तिब्र पारेको बाराका प्रहरी निरिक्षक अरुण कुशवाहाले बताएका छन ।
तपाईको प्रतिक्रिया