logo

मधेशकेन्द्रीत दलसंग तालमेल हुन सक्ने एमाले नीति

      3/31/2017 गते 00 00 मा प्रकाशित     1426   पटक पढिएको

काठमाडौं१८ चैत । नेकपा एमालेले स्थानीय तहको चुनावमा कांँग्रेसलाई रोक्न आफ्नो राजनीतिक गतिविधिलाई निषेध गरेका मधेश केन्द्रीत दलसंग तालमेलको हुन सक्ने नीति अख्तियार गरेको छ । तर पार्टीले अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।
कांग्रेससँगको तालमेल असम्भव देखेको एमालेले बरु अहिले आफूलाई प्रमुख दुश्मन बनाइरहेको मधेसी मोर्चासँग भने स्थानीय आवश्यकता आधारमा तालमेल हुन सक्ने जनाएको छ । ‘मोर्चासँग पार्टीगत तहबाट सम्बन्ध होला जस्तो लाग्दैन तर मधेसका कतिपय स्थानीय तहमा कांग्रेस विरुद्ध तालमेल गर्न सकिने एक नेताले बताए । 
एमालेले केही जिल्ला र स्थानीय तहमा माओवादी र मधेसी मोर्चा प्रतिस्पर्धी भए पनि देशैभर कांग्रेस मुख्य प्रतिस्पर्धी हुने ठहर गरेको छ । त्यसैले चुनावमा कांग्रेससँग तालमेल नहुने र आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।
पार्टीले ,स्थायी कमिटी बैठकले तय गरेको निर्वाचन मापदण्ड र निर्देशिका पार्टीका सम्बन्धित कमिटीहरुलाई सर्कुलरका रुपमा पठाएको छ ।

एमालेको सर्कुलरमा भनिएको छ, ‘स्थानीय तहमा तालमेल गुर्नपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटीको र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्ने छ ।’

सर्कुलरको छैठौं बुँदामा चुनावी तालमेल तथा समन्वयका बारेमा उल्लेख गरिएको छ । निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न आवश्यकता अनुसार अन्य दलहरुसँग तालमेल र समन्वयको पहल गर्न स्थानीय कमिटी स्वतन्त्र हुनेछन् ।

सर्कुलरमा भनिएको छ, ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र संभाव्य परिणामका सम्बन्धमा सुक्ष्म विश्लेषण गर्ने । तालमेल सम्बन्धमा औपचारिक रुपमा संझौता गर्नुपूर्व जिल्ला कमिटीले प्रदेश संगठन कमिटीबाट र प्रदेश संगठन कमिटीले स्थायी कमिटीबाट अनुमति लिने ।’

स्थायी कमिटी बैठकको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर ४ का संयोजक समेत रहेका नेता किरण गुरुङले स्थानीय आवश्यकताका आधारमा सीमित ठाउँमा तालमेल हुन सक्ने बताए । तर, यस्तो तालमेल पार्टीको विजय सुनिश्चित गर्न कांग्रेस बाहेकका साना दलहरुसँग हुन सक्ने उनको ठम्याइ छ । गुरुङले भने, ‘मुलतः एमाले एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हो ।’

कठोर कारवाहीको पूर्व चेतावनी

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बन्न पार्टीभित्रै एकले अर्को विरुद्ध घात९प्रतिघातको सम्भावना देखिएपछि एमालेले संस्थागत रुपमै कठोर कारवाहीको पूर्व चेतावनीसहितको सर्कुलर सबै कार्यकर्तालाई पठाएको छ । जसमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्नेमाथि ५ वर्षको कठोर कारवाहीको चेतावनी दिइएको छ ।

सुर्कलरमा भनिएको छ, ‘पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारको विरुद्धमा वागी उम्मेदवार बन्ने, वागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीकोउम्मेदवारको विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्काशित गर्ने ।’

कारवाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरुलाई समेत अनुशासनात्मक कारवाही गर्ने एमालेले जनाएको छ । तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारी प्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारवाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने अख्तियारी समेत दिइएको छ ।

सर्कुलरमा भनिएको छ, ‘त्यसरी निष्काशनको कारवाहीमा परेको व्यक्तिलाई पाँच बर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन । पार्टीको जीत बाहेक अरु कुनै पनि कुरा सुनुवाइ नहुने समेत एमालेले प्रष्ट पारेको छ ।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.