logo

जिल्ला समन्यव समिति पर्साको कार्यालयको बोर्ड मेटेर मधेस सरकार

      3/20/2017 गते 00 00 मा प्रकाशित     1249   पटक पढिएको

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका  नेता तथा कार्यकर्ताले जिल्ला समन्यव समिति पर्साको कार्यालयको बोर्ड मेटेर मधेस सरकार लेखेका छन्। साविक जिल्ला विकास समितिको कार्यालय केही दिन पहिले जिल्ला समन्वय समितिमा रूपान्तरित भएपछि बनाएको साइनबोर्ड मोर्चाले मेटाएको हो।

सोमबार बिहान संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका पर्सा अध्यक्ष प्रेमबाबु पटेल, तराई मधेश सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव, फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम मिया, सद्भावनाका पर्सा उपाध्यक्ष ईश्वरचन्द्र यादव लगायतको नेतृत्वमा पुगेका आन्दोलनकारीहरुले कर्मचारीहरुलाई  मुल गेटमै रोकेर कार्यालय भवन तथा मुलद्धारमा लेखिएका बोर्डमा कालो पोतेका थिए।

अहिलेकै अवस्थामा स्थानीय तह सञ्चालन र निर्वाचन हुन नदिने संघीय समाजवादी फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए। उनले भने, ‘हामी कुनै पनि हालतमा अहिलेको अवस्थामा चुनाव हुन दिदैनौं, जनसख्याको आधारमा स्थानीय तहको निर्माण नभएसम्म हाम्रो आन्दोलन चलिरहने छ।’

मधेशको सहभागिता पहाडकोभन्दा आधा रहने गरी स्थानीय निकाय बनेको भन्दै उनले भने, ‘मधेशमा प्रतिनिधित्व घटाउन र विकास बजेट ३० प्रतिशत मात्र आउने गरी अहिले स्थानीय तह निर्धारित गरिएको छ, यहाँको जनताले तीन दलको यो षडयन्त्र राम्ररी बुझेका छन्।’

स्थानीय तहको सन्दर्भमा आफूहरूको न्यायपूर्ण राजनीतिक मागहरुलाई समेत सरकारले सुनुवाई गर्ने छाटकाट नदेखाएकोले यस प्रकारले विरोध जनाउन मोर्चा बाध्य भएको उनको भनाइ थियो।

सरकारले मधेशमा बलपूर्वक चुनाव गराए आफूहरुले कडा प्रतिवाद गर्ने सद्भावना पार्टीका वीरगन्ज प्रमुख ओमप्रकाश सर्राफले प्रतिक्रिया दिए। पूर्वराज्यमन्त्री करिमा बेगम, नेताहरु विरेन्द्र यादव मुस्तकिम अन्सारी लगायतले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।

आजै बिहान मोर्चाको पर्सा जिल्ला समवन्य समतिको बसेको बैठकले पर्साको सम्पूर्ण कार्यालयहरुमा क्रमबद्ध रूपमा तालाबन्दी समेत गर्ने निर्णय गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.