logo

जिल्ला समन्यव समिति पर्साको कार्यालयको बोर्ड मेटेर मधेस सरकार

      3/20/2017 गते 00 00 मा प्रकाशित     1365   पटक पढिएको

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका  नेता तथा कार्यकर्ताले जिल्ला समन्यव समिति पर्साको कार्यालयको बोर्ड मेटेर मधेस सरकार लेखेका छन्। साविक जिल्ला विकास समितिको कार्यालय केही दिन पहिले जिल्ला समन्वय समितिमा रूपान्तरित भएपछि बनाएको साइनबोर्ड मोर्चाले मेटाएको हो।

सोमबार बिहान संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका पर्सा अध्यक्ष प्रेमबाबु पटेल, तराई मधेश सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव, फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम मिया, सद्भावनाका पर्सा उपाध्यक्ष ईश्वरचन्द्र यादव लगायतको नेतृत्वमा पुगेका आन्दोलनकारीहरुले कर्मचारीहरुलाई  मुल गेटमै रोकेर कार्यालय भवन तथा मुलद्धारमा लेखिएका बोर्डमा कालो पोतेका थिए।

अहिलेकै अवस्थामा स्थानीय तह सञ्चालन र निर्वाचन हुन नदिने संघीय समाजवादी फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए। उनले भने, ‘हामी कुनै पनि हालतमा अहिलेको अवस्थामा चुनाव हुन दिदैनौं, जनसख्याको आधारमा स्थानीय तहको निर्माण नभएसम्म हाम्रो आन्दोलन चलिरहने छ।’

मधेशको सहभागिता पहाडकोभन्दा आधा रहने गरी स्थानीय निकाय बनेको भन्दै उनले भने, ‘मधेशमा प्रतिनिधित्व घटाउन र विकास बजेट ३० प्रतिशत मात्र आउने गरी अहिले स्थानीय तह निर्धारित गरिएको छ, यहाँको जनताले तीन दलको यो षडयन्त्र राम्ररी बुझेका छन्।’

स्थानीय तहको सन्दर्भमा आफूहरूको न्यायपूर्ण राजनीतिक मागहरुलाई समेत सरकारले सुनुवाई गर्ने छाटकाट नदेखाएकोले यस प्रकारले विरोध जनाउन मोर्चा बाध्य भएको उनको भनाइ थियो।

सरकारले मधेशमा बलपूर्वक चुनाव गराए आफूहरुले कडा प्रतिवाद गर्ने सद्भावना पार्टीका वीरगन्ज प्रमुख ओमप्रकाश सर्राफले प्रतिक्रिया दिए। पूर्वराज्यमन्त्री करिमा बेगम, नेताहरु विरेन्द्र यादव मुस्तकिम अन्सारी लगायतले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।

आजै बिहान मोर्चाको पर्सा जिल्ला समवन्य समतिको बसेको बैठकले पर्साको सम्पूर्ण कार्यालयहरुमा क्रमबद्ध रूपमा तालाबन्दी समेत गर्ने निर्णय गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.