वीरगंज १७ चैत । स्व. पत्रकार काशीनाथ यादवको आज उहांकै जन्मथलो बारा जिल्लाको बेलदारीमा अन्तिम संस्कार गरिएको छ ।
। यसअघि बिहान वहांको पार्थिक शरिरमा नेपाल प्रेस युनियनले उहांको पार्थिक शरिरमा युनियनको झण्डा ओढाएर सम्मान जाहेर गरेको थियो ।
यसैबीच आजै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले शोक विज्ञप्ति प्रकाशित गर्दैै पत्रकार यादवको निधनले पर्सेली पत्रकारिता जगतमा मात्र नभएर सिंगो पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति पुगेको जनाएका छन । दृढ र मृदुभाषी स्व. काशीनाथ यादवको निधनले पर्सेली पत्रकारहरुले एउटा सच्चा अभिभावक गुमाएको महसुस गरेको कुरा विज्ञप्तिमा उल्लेख छ । स्व. पत्रकारका तीन छोरा र दुई छोरी छन । उनको काठमाण्डौं स्थित न्युरो हस्पिटलमा निधन भएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले समेत विज्ञप्ति निकाली दुःख व्यक्त गरेको छ । ठाराब क्याम्पसमा प्राध्यापन कर्ममा समेत संलग्न यादव लामो समय देखि राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र यहांबाट उनकै सम्पादनमा ब्रहमास्त्र दैनिक समेत प्रकाशित हुदै आएको छ ।
तपाईको प्रतिक्रिया