logo

स्थानीय तह बिभेदलाई संस्थागत गर्ने आधारःअध्यक्ष यादव

      3/19/2017 गते 00 00 मा प्रकाशित     1333   पटक पढिएको

पोखरिया ६ चैत । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको बिभाजन, बिभेदलाई संस्थागत गर्ने प्रमुख आधार भएको बताएका छन । फोरम पर्साले पोखरिया नगरपालिकाआ आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बिभेदलाई संस्थागत गर्ने स्थानीय तहको निर्वाचन गराउन कर्मचारीहरुलाई नआउन भनेका छन । उनले पहाडमा दश हजारमा प्रतिनिधि छानिने र मधेशमा त्यही प्रतिनिधि छान्न पचास हजार जनसंख्या चाहिने नीति नै गलत रहेको बताए । उनले यही अवस्थामा मधेशमा चुनाव नहुने ठोकुवा गरे । 

उनले मधेसी, जनजाति, आदिवासी, मुस्लिम र थारुलाई पछाडि पार्नकालागि राखिएका समबैधानिक प्रावधानहरु संशोधन गर्नुको बिकल्प नरहेको बताए । उनले स्थानीय तहको निर्वाचन केन्द् सरकारले गराएर संघीयतालाई असफल पार्न खोजिएको धारणा ब्यक्त गरे । 
उनले कार्यकर्तालाई आन्दोलनको आँधीबेहरी सृजना गर्न तम्तयार हुन समेत अपिल गरे । चुनवाको चक्करमा नलाग्नुहोला उनले भने आन्दोलनले मात्र अधिकार स्थापीत हुनेवाला छ । उनले शान्तिपूर्ण आन्दोलनमा चर्को दमन हुदै आएको चर्चा गर्दै हतियार बोक्ने अवस्था नल्याउन सत्ताधारीहरुलाई सुझाएका थिए । कार्यक्रममा पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगी, जगदम्बा इन्टरप्राइजेजका निर्देशक एवम लायन्स क्लब अफ इन्टरनेशनलका सस्थापक प्रबन्ध निर्देशक रमेश अग्रवाल, मा दुर्गा फुड्स प्रालिका संचालक युवा व्यवसायी अंकित अग्रवाल,राजेश हार्डवेयरका संचालक कर्ण अग्रवाल,जगदम्बा ट्रेडिगंका संचालक एवम युवा उधोगी प्रतिक अग्रवाल र कलश सिमेन्ट उधोगका संचालक एमव युवा उधोगी  अंसुमन  अग्रवाल 

तराई मधेश राष्ट्रीय अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादव  नेपाली कांग्रेसका नेता प्रमोद साह, हिन्दुवादी नेता ज्योति लाल कलवार, नेपाली कांग्रेसका नेता जोगिन्दर साह नेकपा एमालेका नन्दु बैठा र हिमाचल कुशवाह पनि आज फोरम नेपालमा प्रवेश गरेका छन । नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टीका राष्ट्रीय उपाध्यक्ष लालबाबु राउत गद्धी, पूर्व राज्यमंत्री करिमा बेगम केनद्रीय सदस्य बीरेन्द्र यादव जिल्ला अध्यक्ष प्रदीप यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.