वीरगञ्ज, ४ चैत ।
चैत ३ गते बिहीबार बसेको जिल्ला सुरक्षा समितीको बैठकले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लामा वैध/अवैध हातहतियारको खोजी कार्य सुरु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले कानुन बमोजिम अनुमति लिएको/नलिएको बन्दुक, पेस्तोल जस्ता हातहतियार यहि महिनाको मसान्त भित्र बुझाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार स्थानीय तह निर्वाचन अवधिभर कानुन बमोजिम अनुमति प्राप्त गरेका वा नगरेका हातहतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन आव्हान गरेको छ ।
वैध वा अवैध हतियार बुझाउन अटेर गर्नेहरुलाई कानुन बमोजिम कारबाही गर्ने सुरक्षा समितीका अध्यक्ष केशवराज घिमिरेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया