logo

स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ ः पूर्वमंत्री पौडेल

      4/1/2017 गते 00 00 मा प्रकाशित     1367   पटक पढिएको

सीमरा १९ चैत । नेकपा एमालेका सांसद तथा पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले देशमा ताजा जनादेशका लागी निर्वाचन आवश्यक रहेको बताएका छन  । आसन्न स्थानीय निर्वाचनको तयारीमा एमालेले घनिभुत तयारी गरिरहेको बताउँदै साँसद पौडेलले अब देशको १ नम्बरको पार्टीका रुपमा एमाले स्थापित हुनेमा कुनै शंका नरहेको गरे । जितपुरसिमरा उपमहानगरपालीका १३ डुमरवानामा आज नेकपा एमालेको वडा भेलालाई सम्बोधन गर्दै पौडेलले निर्वाचन नजिकिदै गर्दा मधेशी दललाई समेत सहमतीको बिन्दुमा ल्याउने प्रयास भइरहेको भन्दै उनले मधेशी दलले पनि अब संशोधनको हठ्लाई त्यागेर निर्वाचनमा आउनुको बिकल्प नरहेको बताए  । वडा भेलामा नेकपा ऐमालेका जिल्ला अध्यक्ष सुन्दर बि.क., उपाध्यक्ष देव नारायण चौधरी, केन्द्रीय कृषि बिभाग सदस्य पलट चौधरी, युवा तथा खेलकुद बिकास सदस्य किशोर शर्मा, प्रदेश नं. २ का सदस्य भरत खड्का, जिल्ला सचिवालय सदस्य  डा. कृष्ण पौडल, जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवालय सदस्य इश्वर ढकाल, जिल्ला निर्वाचन कमिटी सभापती राधेश्याम शिवाकोटी, नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्य लक्ष्मी नेपाली, निर्वाचन कमिटी सदस्य रुपलाल चौधरी लगाएतले कार्यक्रममा बोलेका थिए  । भेलाले जादोलाल सहनीको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । यता नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिकले नया संबिधानले सबै धर्म र सस्कृतीको पहिचानलाई स्थापित गरेको उल्लेख गदै कार्यान्वनका लागि स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका  छन । बाराको अमलेखगञ्जमा आज साङे छयोलिग बौध गुम्बाले आयोजना गरेको संबिधान कार्यान्वनका लागि जनचेतना मुलक गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हु्न । त्यसैगरी कार्यक्रमा बोल्दै  एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल नेकपाएमालेले बृद्धभत्ता लगायतका बिकास निर्माणका जनप्रियकाम गरेकोले अवहुने निर्वाचनमा एमालेले जितनुपर्ने उल्लेख गदै एमालेले जिते मात्र संबिधान कार्यान्वन हुने दाबि गरे । गुम्बाकी अध्यक्ष फुलमाया तामागंको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरु जगत दोर्जे दोगं महिला नेत्रृ सिता गुरुग,वडा सचिब बिजय कान्त झा,एमाले गाउ सचिब सुबास श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन अरुणा तामागं र संचालन गोपाल घलानको रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.