बीरगंज, १९ चैत ।
सदभावना पार्टी बीरगंज नगर कार्य समितिले आज नगरका अगुवा कार्यकर्ता संग देशर मधेशको बर्तमान परिस्थितिको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सदभावना पार्टीका सह अध्यक्ष एवं सभासद लक्षमणलाल कर्णले संविधान संशोधन नगरि मधेसको माग संस्थागत नगर्दा कुनै पनि चुनावको चु पनि सुन्न नचाहेको बताए । मधेशमा स्वबियुको चुनाव गराउन नसकेको सरकारले स्थानीय चुनावको दिवा स्वप्न देखेको भन्दै व्यंग्य गरे।हाल घोषित निर्वाचन संविधान बिपरित रहेको भन्दै उनले स्थानीय तहको निर्वाचन गराउने अधिकार प्रदेश सरकार संग मात्र रहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै सह ९महासचिव एवं अधिवक्ता सुरेन्द्र कुर्मीले मधेसको हक अधिकारको असल हितैसी एवं जन्म ९दाता सदभावना पार्टी नै पहिलो पार्टी रहेकोले सदभावनाले मात्रै मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने दावी गरे
नगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय सदस्य निजामोदी समानी,रेखा घिमिरे, जिल्ला उपाध्यक्ष इश्वर यादव,भुपेन्द्र तिवारी,अनिरुद प्रसाद,कलवार,जिल्ला सचीव राजेस साह,ध्रमेन्द्र पटेल,महिला मञ्च जिल्ला अध्यक्ष रेखा लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा तीस वटै वाडका एकाइ कमिटीका अध्यक्षहरु एवं पदाधिकारी तथा वर्गीय मञ्चका जिम्मेवार नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया