वीरगंज, १७ जेठ । स्थानीय तह निर्वाचनको लागि भर्ना गरिएका म्यादी प्रहरीलाई ठेकेदारको काममा खटाएको पाइएको छ । विन्दवासिनीदेखि बहुअर्वाभाठासम्म निर्माण भइरहेको कालोपत्रे सडक निर्माणमा म्यादी प्रहरीलाई खटाइएको पाइएको छ ।
ठेकेदारले कालोपत्रे निर्माण गर्दा आप्mनो कारिन्दा खटाउनुपर्नेमा म्यादी प्रहरी खटाएकोबारे पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीसँग बुझ्दा उनले गलत भनी प्रतिक्रिया दिएका छन् । ठेकेदारको काममा म्यादी प्रहरी खटाउने कुनै आवश्यकता नभएको र त्यस्तो भएको प्रमाण भेटिए सम्बन्धित चौकीका इन्चार्जलाई कारबाई गर्ने उनले बताए ।
विन्दवासिनी–बहुअर्वाभाठा सडकखण्डमा खटेका म्यादी प्रहरीले चौकीको आदेशमा सवारी साधनको जाम नलागोस भनी खटेको प्रतिक्रिया दिएका छन् ।
तपाईको प्रतिक्रिया