वीरगञ्ज, १४ जेष्ठ । यूवा शक्ति संघको आयोजनामा आइतबार वीरगञ्जमा दुईजना न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन गरिएको छ ।
वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने सरकारले गरेको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको बिरोधमा सो बिरोध प्रदर्शन गरिएको हो ।
संघका संयोजक शैलेन्द्र त्रिपाठीको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य निजामुदिन समानी, राजेशमान सिंह, ओमप्रकास सर्राफ, मालती कुशवाहा, रेखा साह, अनिता देवी लगायतको नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया