logo

नक्कली प्रहरी अधिकृत बनी रकम ठग्दै हिडने गैर पत्रकार रायमाझी प्रहरी फन्दामा

      5/13/2017 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको

वीरगंज ३० वैशाख विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी आज जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन ।

गत वैशाख २७ गते नक्कली प्रहरी अधिकृत बनी वीरगंजको कुम्हाल टोलमा रहेको दुर्गा ट्रेडर्स नामक एक कपडा कारोबारीको गोदाममा पुगेर यहाँ भंसार छलेका सामानहरु छन भन्दै आफुले प्रहरीको भ्यान बोलाएर सबै सामान सहित पक्राउ गरिदिने धम्की दिंदै त्यहाँ कार्यरत रहेका कामदार भारत, ग्राम सहदेवा पंचायत नुनियाडिह वार्ड नं ३ निवासी धर्मेन्द्र कुमार साहलाई हातपात गर्दै उनीसँग रहेको नगद रु. ५० हजार रकम जबरजस्ती लिएर फरार भएका थिए ।

घटना पश्चात कामदारले आफना साहु वीरगंज लक्षमणवा वडा नं १८ निवासी पप्पु पटेललाई रूंदै जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ पप्पु पटेलले नक्कली प्रहरीको आवरणमा आएका गैर पत्रकार श्रीराम रामाझीलाई टेलिफोन सम्पर्क गरि तपाईले किन यस्तो कार्य गरेको, म तपाईलाई राम्रोसँग चिन्छु र लिएको पैसा फर्काउन आग्रह गर्दा उल्टै धम्की शैलीमा आफुसँग गएका प्रहरी लगायत हामी ५ जनाले उक्त ५० हजार बाँडी सकेकोले फर्काउन नसकिने र जहाँ मन लाग्छ त्यहाँ उजुरी गर्दा हुन्छ भनी जवाफ फर्काएका थिए ।

सो घटनाको बारेमा पिडितहरुले तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सामा गई प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष उजुरी सहित निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट गैर पत्रकार श्रीराम रायमाझी लगायतका दोषीहरुलाई झिकाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रचार आएकोले आज जिल्ला प्रहरी कार्यालय पर्साले पीडित पक्षले दिएको कारवाहीको निवेदन उपर गैर पत्रकार श्रीराम रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई दुवै पक्ष बसाएर छलफल गरि जबरजस्ती लुटेको रु. ५० हजार फर्काउने शर्तमा र अब उप्रान्त यस्ता घटना नदोहोर्याउने लिखित प्रतिबद्धता पछि पत्रकारको नाममा ठगी गर्ने रायमाझी घर फर्कन पाएका हुन ।

रायमाझीले आफुले मात्र होइन अन्य ५ जनाले पनि लिएको रकम बाँडेको समेत सो अवसरमा बताएपनि क–कसले रकम लिएको भन्ने कुरा भने लुकाएका थिए । गैर पत्रकार रायमाझीलाई जिल्ला प्रहरी कार्यालयमा कागज गरि छाडिएको हो । यताका केहि दिनहरुमा पत्रकारको नाममा विभिन्न औद्योगीक प्रतिष्ठान तथा व्यापारीक फर्ममा छापामारी रकम असूल गर्ने, नक्कली प्रहरी अधिकृत बनी आतंक फैलाउने काममा रायमाझीको नेतृत्वमा छापामार टोली नै परिचालित भएको थियो ।

आजको घटनाले भने यसतर्फ सबै जिम्मेवार निकायहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । स्मरण रहोस व्यवसायीहरुबाट अनाधिकृत रुपमा रकम संकलन गरेको, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व सभापतिको नाम दुरुपयोग गरि चन्दा आतंक गरेको, पर्सेलि पत्रकारहरुको मर्यादा र प्रतिष्ठामा आंच आउने गतिविधिहरु नरोकेकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण अभियान अन्तर्गत गैर पत्रकारका रुपमा चिनिएका श्रीराम रायमाझीको यस अघि नै सदस्यता खारेज गरि सकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.