logo

हरियाणाको जेलमा ७ नेपाली

      5/21/2017 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

वीरगञ्ज, ७ जेष्ठ
भारतको हरियाणामा धार्मिक प्रवचन सुन्न गएका २५ नेपाली मध्य ७ जना भारतको हरियाणाको जेलमा रहेका छन । बीरगंजमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरे पूर्ण ब्रहम् कबिर उपासक समाज नेपालका अध्यक्ष राम चरित्र महतोले यस्तो बताएका हुन । २०१४ साल नोभेम्बर १४ तारिखका दिन प्रवचन सुनी रहेको अवस्थामा हरियाणा प्रहरीले  आफूहरुलाई बिना कसुर नियन्त्रणमा लिई यातना दिएको उनले बताए ।   समाजका अध्यक्ष महतोले २५ जना मध्ये ७ जनालाई देशद्रोहको झुठो आरोप लगाई अझै नियन्त्रणमा राखेको र बाकी १८ जनालाई १ लाख धरौटी राखी तारिखमा रिहा गरेको बताए । आफुहरुको उद्धारकालागि विभिन्न मानवअधिकारवादी संस्था र नेपाल सरकारलाई गुहारे पनि सुनुवाई नभएको उनको भनाई छ । भोलिबाट देशका मुख्य सहरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने योजना रहेको उनले जानकारी गराए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.