logo

तेश्रो दिन पनि बन्दले पर्सा, बाराको जनजीवन प्रभावित

      6/15/2017 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

वीरगञ्ज, १ असार ः राजपाको आव्हानमा भएको बन्दका कारण पर्सा, बाराको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ । बन्दका कारण तीन दिनदेखि सार्वजनिक सवारी साधन नचलेको र बजार खुल्न नसकेकोले जनजीवन प्रभावित भएको हो ।

संविधान संशोधन विना सरकारले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले चार दिने बन्दको आव्हान गरेको छ । बन्दका कारण विशेषगरी पर्सा, बाराको मुख्य बजार क्षेत्रको जनजीवन प्रभावित हुने गरेको छ । सर्वसाधरणहरुले परिवारमा कोहि विरामी परे मोटरसाईकलमा राखेर उपचारका लागि अस्पताल लैजान बाध्य भएका छन् । बन्दका कारण वीरगन्ज र कलैयाको मेनरोडमा रहेका पसलहरु बन्द छन् ।

यस्तै सामुदायिक तथा निजी विद्यालय र कलेजहरु तीनदेखि खुल्न सकेका छैनन् । कक्षा ११ को परीक्षामा भने आन्दोलनकारीले अवरोध पु¥याएका छैनन् । वीरगञ्ज र कलैयामा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले भाडाका सवारी साधन चल्न दिएका छैनन् भने मोटरसाइकल, ई–रिक्सा, रिक्सा र टयाम्पुहरु भने सन्चालनमा रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा नआएका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

राजपाका नेता कार्यकर्ताहरुले १ असार बिहानै पर्सा, बाराको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरे । बन्द सफल पार्नका लागि पर्सा र बाराका सदरमुकामका साथै ग्रामीण भेगका विभिन्न स्थानमा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएको राजपाका वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताए । वीरगञ्जको घण्टाघर चोक, आदर्शनगर, छपकैया, मुर्ली, पावर हाउस चोक, पिपरा, गण्डक चोक, पर्साको ग्रामीण क्षेत्र पोखरीया, पकाहा चोक, सखुवा प्रसौनी, भिस्वा, जानकीटोला तथा बाराको कलैया, परवानीपुर, जितपुर, नितनपुर, गण्डक बहुअरी, प्रस्टोका, प्रसौनी लगायतका स्थानमा राष्टिय जनता पार्टीका नेता कार्यकर्ताहरुले मंगलबार बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा बिहान आन्दोलनकारीहरुले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द हडतालका बेला भाडामा यात्रू ओसारको भन्दै आन्दोलनकारीहरुले ना १२ प ४२७१ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.