logo

पर्सा प्रहरीलाई पत्रकार महासंघको २४ घण्टे अल्टिमेटम

      6/6/2017 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

वीरगञ्ज, २३ जेष्ठ । महासंघ पर्सा शाखाले घटनामा संलग्नहरुलाइ यथाशीघ्र पक्राउ गरि कार्वाही गर्न माग गरेको छ । महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जारा नेतृत्वको टोलीले मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गोविन्द कुमार साहलाई भेटेर पत्रकार तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नहरुलाइ कार्वाही गर्न माग गरेको छ ।

टोलीमा पत्रकार महासंघ पर्सा शाखाका पदाधिकारी, सदस्य लगायतका सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।                      

सोमबार साँझ मालपोत कार्यालय नजिकै खाजा खाए बसेका तिवारीको जीउमा मोबील छरेर सलाइ कोरेर आगो लगाउने असफल प्रयास भएको थियो । घटनामा संलग्नहरुलाई प्रहरीले यथाशिघ्र पक्राउ गरी कार्वाही नगरे पत्रकार महासंघ र पर्साका सम्पूर्ण सन्चारकर्मीहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी महासंघ पर्सा शाखाले दिएको छ ।
                       
पिडित पत्रकार तिवारीले दोषीहरुलाई करबाही गर्न लिखित जोहरी पनि दिएका छन् । पत्रकार तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको घटनामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै बुधबार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाइ पनि लिखित जानकारी गराउने अध्यक्ष बन्जाराले जानकारी गराए । 
                         
महासंघ पर्साका उपाध्यक्ष एंव पत्रकार तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको बिरोधमा मधेस मिडिया मिसन पर्साका कार्यवाहक अध्यक्ष प्रमोद यादव, मेची माहाकाली मिडिया सोसाइटीका अध्यक्ष जितेन्द्र साह, तराई मिडिया एशोसिएसन नेपालका सचिव दिपेन्द्र सिंह र प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले पनि बिज्ञप्ती जारी गरेर दोषीलाई कार्वाही गर्न माग गरेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.