logo

प्रेस यनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले पाए सफाई

      6/6/2017 गते 00 00 मा प्रकाशित     1429   पटक पढिएको

 

वीरगञ्ज, २३ जेष्ठ :नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितीले खारेज गरेको छ । नेपाल प्रेस यूनियन केन्द्रिय समितीको सोमबार काठमाडौंमा सम्पन्न पूर्ण बैठकले केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरेको निलम्बन आजको मितीबाट खारेज गरेको हो ।
                           
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकले कुशवाहा माथि लागेको आरोप निराधार रहेको भन्दै सफाई समेत दिएको छ । कुशवाहाले नेपाल पत्रकार महासंघको निर्वाचनमा यूनियनको उम्मेदवारलाई अन्तरघात गरेको आरोप लागेपछि मधेश विभाग प्रमुखबाट निलम्बन गरिएको थियो ।

तर छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा केन्द्रिय सदस्य विजय कुशवाहा कतैपनि दोषी नदेखिएको र उनीमाथि लागेको सम्पूर्ण आरोप निराधार भेटिएकोले प्रेस युनियन केन्द्रिय समितीले निलम्बन खारेज गरी कुशवाहालाई सफाई दिइएको यूनियनका केन्द्रिय सचिव खिला कार्कीले बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.