वीरगञ्ज, १८ जेष्ठ ः पर्सा प्रहरीले पाँच केजि चरेश सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे वीरगञ्ज भन्सार अगाडी चेकजाँच गर्दा सो परिणामको चरेशसहित एकजना भारतीय पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोटोलीका प्रहरी नायव निरीक्षक लक्ष्मीप्रसाद पाठकको नेतृत्वको टोलीले टाङ्गामा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा भारत मोतिहारीका २५ बर्षिय कृष्णा शर्मालाई चरेश सहित पक्राउ गरेको थियो ।
शर्माबाट १/१ केजिको ५ वटा चरेशको पोका बरामद गरिएको र उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
तपाईको प्रतिक्रिया