logo

राजपाको आन्दोलनमा नेपाल संघिय समाजवादी पार्टीद्वारा समर्थन

      6/15/2017 गते 00 00 मा प्रकाशित     1265   पटक पढिएको

वीरगञ्ज, १ असार ः नेपाल संघिय समाजवादी पार्टीले पनि राजपाको आन्दोलनमा समर्थन गर्दै आन्दोलनमा जाने घोषणा गरेको छ । मधेसी जनताले अधिकार पाई नसकेको र चुनावमा जाने वातावरण नबनेकोले आन्दोलनमा जाने निर्णय गरिएको पार्टीले जनाएको छ । बुधबार सम्पन्न भएको पार्टीको केन्द्रिय कमिटिको बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष रिजवान अन्सारीले अधिकार प्राप्तीको आन्दोलनबाट पछि हटेर चुनावमा जान नसकिने निष्कर्ष बैठकले निकालेको जानकारी गराए ।

राष्ट्रिय जनता पार्टीको आन्दोलन जायज भएको ठहर पार्टीले गरेको बताउँदै उनले आन्दोलनको समर्थन गर्ने बताए । ‘हामी उत्पिडित जनताको अधिकारको लागि आन्दोलनमा छौं, अहिले नै मुद्धाहरु सम्झौता गरेर सत्ता र चुनावमा जाँदैनौं ।’ अन्सारीले भने ‘अधिकार प्राप्तीको आन्दोलनमा ६० जनाले ज्यान गुमाए, करौडौंको क्षति भयो । हामी मधेसी जनतालाई विश्वास घात गर्न सक्दैनौं । ’ संविधान संशोधन मार्फत मधेसी जनताको माग सम्बोधन गरेर सबैलाई समेटेर चुनाव गराउन उनले आग्रह गरे ।

‘आन्दोलन हुन्छ, सहमति र सम्झौता गर्छन अनि लागु गर्दैनन् ।’ अध्यक्ष अन्सारीले भने ‘सरकारको रवैया दुरगामी असर पार्ने खालको छ । हामी अहिले आन्दोलनबाट पछि हट्ने अवस्थामा छैनौं ।’ मधेसको माग सम्बोधन भए मात्र मधेसमा चुनावको वातावरण बन्ने भन्दै उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन नगरिए सम्म मधेसमा चुनाव हुनै नसक्ने ठोकुवा गरे । पूर्व गृह राज्य मन्त्री अन्सारीले आन्दोलनरत दल सबै मिलेर एउटै मोर्चा बनाउनुपर्नेमा पनि जोड दिए । ‘अहिले बल प्रयोग गरेर चुनाव गर्न त सकिन्छ । तर त्यसले दिर्घकालमा नेपालको हित गर्दैन । राष्ट्रियतामा नै आघात पुग्छ ।’

उनले भने ‘मधेसको माग सम्बोधन गर्दै सरकारले सबैलाई समेटर चुनाव गर्नुपर्छ, जबरजस्ति चुनाव गराए मुलुक झन ठूलो द्वन्द्वमा फस्छ । ’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई धोकेबाज र गद्दारको संज्ञा दिँदै अध्यक्ष अन्सारीले भने, ‘उपेन्द्र यादवले मधेसलाई पटक÷पटक धोखा दिएका छन्, पहिलो मधेस आन्दोलनमा पनि उनले धोका दिएका थिए । अहिले पनि सत्ताको स्वाद चाख्न उनले मधेस र मधेसी जनतालाई धोखा दिएका छन्, उनिबबाट मधेसी जनता अब सजग रहनु पर्छ ।’

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य नथुनी कुशवाहा, अखिलेश यादव, लालबाबु राम, विष्णु सिंह पर्सा जिल्ला अध्यक्ष मोहम्मद सरिफ आलम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी आरसी यादवले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.