logo

एमाले पर्साद्वारा बाढी प्रभाबितहरुलाई राहत बितरण

      8/14/2017 गते 00 00 मा प्रकाशित     1257   पटक पढिएको

वीरगंज, ३०साउन .
नेकपा एमाले वीरगंज महानगर कमिटीले आज बाढी प्रभाबितहरुलाई राहत बितरण गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर मठिया टोलमा अति प्रभाबित बाढी पिडितहरुलाई सो राहत बितरण गरिएको हो । पार्टीका तर्फबाट वीरगंजका मेयरका उम्मेदवार बसरुदिन अंसारीको नेतृत्वमा रहेको राहत टोलीमा सांसद बिचारी प्रसाद यादव, बालगोपाल थापा, प्रभु हजारा, उपमेयरका उम्मेदवार सोफिया आर्चाय,वडा अध्यक्षका उम्मेदवार प्रद्युमन सेढाई, युवा संघका पर्सा अध्यक्ष श्याम गुप्ता, सचिव संजिव मिश्रा, पारस ठाकुर लगायतको उपस्थिती रहेको थियो । यसैबिच बेलवा गाँउपालिका पनि सांसद बिचारी प्रसाद यादवको नेतृत्वमा बाढी प्रभाबित गाँउहरुमा राहत बितरण गरिएको छ । राहत बितरण कार्यक्रममा बालगोपाल थापा, लालबाबु यादव, सुलेमान अंसारी लगायतको उपस्थिती रहेको थियो । टोलीले चिउरा, मिठा, चाउचाउ,भुजिया लगायतको समाग्री बितरण गरेको टोलीका सदस्य राकेश साहले बताउनुभयो ।
यसैबिच बिन्दवासनी गाँउपालिका अन्र्तगत रहेका झौवा , ईटिहाई,प्रसौनी, मधवल,हास्वा,बटसवरा,बहुअर्वा,गर्दौल लगायतको गाँउमा नेकपा एमालेबाट गाँउपालिकाका अध्ययक्षका उम्मेदवार गौरीशंकर साहको नेतृत्वमा रहेको टोलीले स्थलगत निरिक्षण गरेको छ । टोलीले बाढी प्रभाबित स्थानियहरु संग भेटगरी अति आवश्यक बस्तुको लागत संकल्न गरी भोली राहत बितरण गर्ने जनाएको छ । टोलीमा एमालेका स्थानिय नेताहरु डा. रामदेव तिवारी, छोटेलाल साह, महेश साह, मेघराज पटेल, सगिर मियाँ, राजेश पटेल, रामबहादुर बैठा,श्रीकान्त साह गोंड लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.