बीरगंज २६ साउन – पर्साको सुवर्णपुर गाउँपालिका–२ इच्छानगरमा जंगली हात्तिको आक्रमणबाट एक बालकको ज्यान गएको छ । स्थानीय जुठे प्रजाका ११ वर्षका छोरा रिजन प्रजाको हात्तिको आक्रमणमा परि ज्यान गएको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार राति गाउँ पसेको हात्तिको बथानले प्रजाको घरमा आतंक मच्चाएको थियो ।
चोटामा सुतेका रिजन होहल्ला गर्दै भाग्न थालेपछि हात्तिले आक्रमण गरी घरबाट दुई सय मिटर पर बारीमा लगि मारेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिए । हात्तिकै आक्रमणमा परि यो क्षेत्रमा हरेक वर्ष ३÷४ जनाको ज्यान जाने गरेको छ । हात्तीको आक्रमणलाई नियन्त्रण गर्ने दिशामा कुनै काम नभएको भन्दै स्थान्ीयले आक्रोश ब्यक्त गरेका छन ।
तपाईको प्रतिक्रिया