logo

ठेकेदारको लागानीमा हाकीमहरु चाइना शयरमा

      8/11/2017 गते 00 00 मा प्रकाशित     1784   पटक पढिएको

बीरगंज २७ साउन । 
अविरल वर्षका कारण बीरगंज डुवानमा परेको छ । महानगर डुवानमा परेपछि  मापदण्डबिहिन महानगर भन्दै खिसीटिउरी गर्नेहरुलाई काइदा भएको छ । उता महानगरका प्रमुख पिताम्बर अधिकारी, योजना अधिकृत प्काशमान सिंह अमात्य ,परियोजना प्रमुख शैलेन्द्र श्रेष्ठ परियाजेना तर्फका लेखा प्रमुख सुमन श्रेष्ठ परिवार सहित चाइना शयरमा छन । एडीवीको मझौला शहर एकिकृत शहरी बाताबरणीय सुधार आयोजना अन्र्तगत बीरगंजमा ढल निकासको काम भइरहेको छ । कालीका कन्ट्रक्सनले निर्माणको जिम्मा लिएकोमा निर्धारित समय सकिएपनि काम भने सम्पन्न भएको छैन । निर्माणको गुणस्तरीयतामा पनि अनेकौ पटक सवाल उठेको छ । कतिपय स्थानमा स्थानीय उपभोक्ताहले काममा रोक समेत लगाएका थिए । एडीवीको ३ अर्व भन्दा बढीको लागनीमा निर्माण कार्य भइरहे पनि निर्धारित समयमा योजना सम्पन्न नभएपछि कालिकाले पेनाल्टी तिर्नु पर्ने प्रावधान छ । एक तिर बीरगंज डुवानमा छ । महानगरवासीको दैनीकी नराम्रोसंग प्भावित भएको छ । निर्माण कम्पनीले गरेको कामको अनुगमन गर्ने र निर्माणकालागि उपर्युक्त वतावरण बनाउने जिम्मेवारी बोकेको बीरगंज महानगरका अधिकारीहरु भने यतिवेला चाइना शयर गर्दै छन । कालीका कन्ट्रकसनको लगानीमा गएको सोमवार श्रीमती सहित चाइना उडेका अधिकारीहरु सोमवार फर्किने योजना छ । 
    नागरिक र नगरलाई डुवानमा पारेर बिदेश शयर गर्ने कर्मचारीको पारा देखेर बीरगंजबासी भने आक्रोशित भएका छन ।
    
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.