logo

अर्नगल प्रचारको तुक छैन : एमाले 

      8/28/2017 गते 00 00 मा प्रकाशित     1775   पटक पढिएको

बीरगंज १२ भदौ ।नेकपा एमालेको चुनावी अभियानले अन्य राजनीतिक दललाई निकै दवाव सृजना भइरहेको छ । अन्य दलले उम्मेदवारको टुङ्गो लगाउन नपाउदै एमाले प्रचार अभिायनमा निस्केकोले पनि अन्य दलहरु दवावमा परेका हुन । एमालेको प्रचार अभियानलाई रोक्न नसक्ने भएपछि अर्नगल प्रचार हुन थालेको एमालेले जनाएको छ ।

पूर्व प्रधानमंत्री माधव कुमार नेपालको सहभागितामा सोमवार बीरगंजमा घरदैलो सम्पन्न भएको थियो । पूर्व प्रधानमंत्री नै घर दैलोमा निस्के पछि अन्य राजनीतिक दलहरुलाई दवाव पर्नु स्वभाविक हो  । एमालेको अग्रशरता र गतीशिलताका कारण अत्तालिएकाहरुले सामाजिक संजाल मार्फत अर्नगल प्रचार शुरु भएको हो । बीरगंज महानगरको वडा नं १२ मुर्लीमा एमालेका मेयरका उम्मेदवार बसरुदिन अन्सारी उपमेयरका उम्मेदवार सोफिया आचार्य सहित पार्टीेका बरिष्ठ नेता माधव कुमार नेपाल सहित एमालेका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।

यता सामाजिक संजालमा भने स्थानीयले एमाले नेता लखेटे भन्दै एमाले अभियानलाई भाँजो हाल्ने षडयन्त्र गरे पनि त्यो सफल हुने अवस्था रहेन । सामाजिक संजाल र केही संचार माध्यममा समेत हुदै नभएको समाचार आएपछि एमालेले त्यसप्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । एमालले आफनो चुनावी कार्यक्रम बिना कुनै अवरोध संचालन भइरहेको जनाएको छ ।

एमालेले लिएको राजनीतिक अडान प्रति जनता सचेत रहेको बताउदै एमाले के हो भन्ने कुरा जनमतले देखाउने भएकोले वहियात हल्ला गरेर आत्मरतीमा रमाउने काम नगर्न समेत आग्रह गरेको छ । एमालेका नेता मनोज चौधरीले घरदैलोमा आफू सहभागि रहेको बताउदै उत्साहका साथमा कार्यक्रम भएको बताए । एमालेका नेता हिरा गिरीले एमालेको अभियान र बढदो जनलहरबाट आत्तिएकाहरुले एमालेको अभियान रोक्न सकिन्छ की भनेर षडयन्त्र गरेको आरोप लगाए ।

उनले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै भने सबै भन्दा पहिला जनताकोवीचमा एमाले बिना अवरोध गएको बताए । उनले हल्लाको पछाडि नलाग्न र संचार माध्यमलाई समेत आफनो मूल्य र मान्यता र ब्यवसायीक पत्रकारिताको मर्म नबिर्सन आग्रह गरेका छन ।

यसैवीच पर्साको पटेर्वा सुगौली गाउँपालिकाको देउरीयमा एमालले भब्य चुनावी सभा सम्पन्न गरेको छ । सो सभामा पर्सेली राजनीतिका एक हस्ती थारु कल्याणकारी सभा पर्साका अध्यक्ष हेम नारायण चौधरी लगायत सैयौ ब्यक्तिहरु एमालेका प्रवेश गरेका छन । चौधरी नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन ।

पटेर्वा सुगौलीमा नेकपा एमालले देउरीयका शिक्षीत युवा हरिनारायण चौधरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सभालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालले तराई मधेशको बिकासको सपना एमालले मात्र पुरा गर्ने दृढता ब्यक्त गरे । आफनो पार्टी मधेशका मेहनतकश जनताको हितगर्ने  पार्टी भएको चर्चा गर्दै उनले २ नम्बर प्रदेशमा पनि पार्टी पहिलो हुने दावी गरे । आजै एमालेको जनसंगठन अनेरास्ववियुको जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा एमाले नेतृ निर्मला देवकोटा मनोज चौधरी प्रेस चौतारी नेपालका बृजलाल पासवान लगायतले स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउनकालागि अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए । पूर्व प्रधानमंत्री माधव कुमार नेपालको सहभागितामा आजै पर्सा जिल्लामा एमालेले बुद्धिजीवीहरुको भेला समेत सम्पन्न गरेको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.