logo

पर्साका अधिकांश गाउँ डुवानमा, मोर बाढीको चपेटामा उद्धार टोली खटियो

      8/12/2017 गते 00 00 मा प्रकाशित     1423   पटक पढिएको

बीरगंज २९ साउन । पर्सा जिल्लाको साविक निचुटा गाविसको वडा नं ८  हालको पटेर्वा सुगौली वडा नं १ को मोर डोल बाढीको चपेटामा परेको छ । जंगल क्षेत्रबाट निस्कने भाथा बाट निस्केर बग्ने भलुवाही खोलामा आएको बाडी गाउँमा पसेको हो । गाउँको चारैतीरबाट बाडीको पानीको बहाव छ । १ सय घर परिवार विन समुदायको बस्ती रहेको सो गाउँमा पशु चौपाया त बाडीले बगाएको स्थानीय जोगिन्द्र यादवले बताए  । गाउँ भरिमा रहेको बेरी भकारी बगाई सकेको छ । बस्ती, नदीको नजिक रहेकोले पनि बाढीको चपेटामा परेको हो । गाउँ भरिमा सतन मुखिया बिनको एउटा पक्की घर छ र स्थानीय जनता त्यही घरको क्षतमा आश्रय लिएर बसेका इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक महेश बस्नेतले बताए  । मोवाई सडक सबै सम्पर्क बिच्छेदको अवस्थामा रहेको छ । मोर टोलमा उद्धारका निम्ति प्रहरी परिचालन भएको छ तर नागरिकको उद्धार गर्ने काम निकै किठनाई रहेको उनले  बताए  । त्यस्तै पर्साको पर्सागढी गाउँपालिकाको वागवानाको बडेर्वामा पनि बाढीको पानी गाउँमा पसेको छ । घर आँगनमा भएका भकारीहरु बगाएको छ । दुई तले घर भएकाहरु दोश्रो तल्लामा बसेका छन भने अन्यलाई उद्धार गरि बागवाना बजारमा रहेको माध्यामिक बिद्यालयमा राखिएको छ ।यता पर्साको लिपीनी बिर्तामा १० लाख बराकरको दाना बाढीले बगाएको छ । हिमाल डिष्टलरीबाट खरिद  गरि राखिएको दना बगाएको नागमणी उपाध्यायले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्धार टोली खटाई सकेको बताए  । उनले पर्साको ६ स्थानमा नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई संयुक्त रुपमा उद्धार सामाग्री सहित परिचालन गरिएको जानकारी दिनु भयो । पर्साको पटेर्वा सुगौली, मोर कोनिया अलौ र महानगर भित्रका केही स्थान गरि ६ स्थानमा उद्धार टोली खटाइएको जानकारी दिए  । उनले  राहत र उद्धारको ब्यवस्था गर्नकालागि दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने र उद्धार सामाग्री र राहतको ब्यवस्था गर्ने तयारी भइरहेको  बताए  । बीरगंज महानगर क्षेत्र डुवानमा परेको छ । सडक पेटीहरु डुवानमा छन भने केही स्थानमा घरमा समेत पानी पसेको बताइएको छ । पर्साको श्रीसिया नदीमा आएको बाढी सडकबाट बग्न थालेको छ । त्यस्तै तिलावे नदीमा आएको बाढी पनि नदीको किनारा भन्दा माथि बाट बग्न थालेको छ । अविर वर्षाका कारण खेतहरु डुवानमा परेका छन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.