साउन २९, २०७४ काठमाडौं अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दुई दिनमा ४९ जनाको मृत्यु भएको छ, १७ जना वेपत्ता भएका छन्। गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो। जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहटमा ७, मोरङमा ५, झापा, सिन्धुली र बाँकेमा ४/४ जनाको मृत्यु भएको छ।
तपाईको प्रतिक्रिया