logo

बाढीले बगाउदा पाँच जनाको मृत्यु,राहतको अभाव नागरिक आक्रोशित

      8/15/2017 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

०७४ साउन ३२ गते ।  
अविरल वर्षका कारण आएको बाढीले बगाएर पर्सा जिल्लामा पाँच जनाको ज्यान गएको छ । भारतको बेतियबाट आफन्तलाई भेटन पर्साको पकाहा मैनपुरमा आएका ५० वर्षिय रास्वरुप माझीको बाढीले बगाएर मृत्य भएको पर्सा प्रहरीले जनायो । त्यसैगरि भारतीय नागरिक (नेटुवा जाति घुन्ते जीवन ब्यतित गर्नेहरु ) ४२ वर्षिया नुरा खातुनको पर्साको जगन्नाथपुर दशौतामा बाढीले बगाएर ज्यान गएको छ । जगन्नाथपुर १ मा ५५ वर्षिय बुन्नी महतो जगन्नाथपुर ५ मसिहानीका ५५ वर्षिय बासुदेव हजरा  र नाम थर बतन नखुलेको अन्य एक जनाको बाढीका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रराज जोशीले जानकारी दिए । मृत सबैको दाहसंस्कार भएको प्रहरीले जनाएको छ । अविल वर्षका कारण २९ गते आएको बाढीमा परि उनीहरुको मृत्यु भएको प्रहरीले जनायो । पर्सा जिल्लामा बाढीले प्रभाव पारेको ठाउँका बासिन्दाहरुलाई मंगलवार पनि राहत बितरण गरिएको छ । पर्साको सबैभन्दा नराम्रोसंग प्रभावित पटेवा सुगौलीको निचुटामा रहेको मोरमा सुनचाँदी ब्यवसायी संघले राहत बितरण गरेको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । मोर गाउँबाट बिस्थापित भएर निचुटाको माध्यामिक बिद्यालयमा बसेका स्थानीयहरुलाई राहतको निकै आवश्यकता रहेको उनको भनाई छ । साविक गादी गाविसको बनकटवा शंकर शरैया ,सोनवर्षा देखीका बाढी पीडितहरु बिद्यालयमा जम्मा भएका छन । त्याहा १ हजार बन्दा बढीको संख्या रहेको थारुको भनाई छ । पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ भट्टराईको नेतृत्वमा पनि त्यहा केही पाल सहित राहात सामाग्री बितरण गरिएको छ । मसिहानीमा नेपाली कांग्रेसका नेता रमेश रिजाल जनार्दन सिंह क्षेत्रीको टोलीले राहत बितरण गरेको छ । प्रहरी नायव उपरिक्षक हरिकृष्ण खत्रीको टोलीले धोरेमा चिउरा चाउ चाउ लगायतको राहत बितरण गरेको छ । प्रहरी निरिक्षक बिकास गुरुङको टोलीले मनवा रुपक मैनालीको टोलीले मसिहानीमा  एमालेको टोलीले शोलखपुर बेल्वामा राहत बितरण गरेको छ । पर्साको नौगावा भनेर चिनिने ओरिया खोला पश्चिमको बस्ती पनि बाढीले नराम्रो संग प्रभावित भएको छ । त्यस क्षेत्रका नागरिकले राहतकालागि कोही नआएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।   आज वीरगन्ज को नेशनल मेडिकल कलेज को र नेकपा एमालेले महानगरपालिकाको आयोजना मा पर्सा जिल्ला को बेल्वा गाउपालिका मा निस्शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ  
कार्यक्रम मा नेशनल मेडिकल कलेज को प्रवन्ध निर्देशक एम डी एवम् नेकपा एमालेका का वीरगन्ज महानगरपालिका को मेयरका उम्मेदवार बसरुद्दिन अन्सारी उप मेयरका उम्मेदवार सोफीया आचार्य,नेकपा एमाले का जिल्ला संयोजक प्रभु हजरा, पुर्व जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, युवा नेता नवराज शर्मा नेशनल मेडिकल कलेज का डाईरेक्टर आविद हुसेन को सहभागीता रहेको थियो 
शिविरमा करिब २००जान को स्वास्थ्य परीक्षण गरिएको थियो र ३०० परिवार लाई राहत समाग्री वितरण गरिएको छ कार्यक्रम को प्रमुख अतिथि नेकपा एमालेका का पूर्व मन्त्री तथा केन्द्रीय सदस्य रघुवीर महासेठ ले कार्यक्रम लाई संवोधन गर्दै तराई मधेस मा आएको बाढीले ले जति पुगेको जिल्ला हरु मा नेकपा एमाले सहयोग का लागि पछाडि नपर्ने बताए का छन । यता नेकपा माओावदी केन्द्र निकट बिद्यार्थी संगठनले बीरगंजको घण्टाघरमा राहत संकल केन्द्र संचालन गरेको अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य प्रभाकर गुप्ताले बताए । संकलन राहत अत्यन्तै आवश्यकीय स्थानमा पु¥याइने उनले बताए । संकलन केन्द्रमा माओवादी नेताहरु अर्मिला अर्याल रहवर अन्सारी हरि मण्डल बाबुराम कौशीक सन्तोष घिमिरे  लगायतको सहभागिता रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.