logo

बाढीले बगाउदा पाँच जनाको मृत्यु,राहतको अभाव नागरिक आक्रोशित

      8/15/2017 गते 00 00 मा प्रकाशित     1537   पटक पढिएको

०७४ साउन ३२ गते ।  
अविरल वर्षका कारण आएको बाढीले बगाएर पर्सा जिल्लामा पाँच जनाको ज्यान गएको छ । भारतको बेतियबाट आफन्तलाई भेटन पर्साको पकाहा मैनपुरमा आएका ५० वर्षिय रास्वरुप माझीको बाढीले बगाएर मृत्य भएको पर्सा प्रहरीले जनायो । त्यसैगरि भारतीय नागरिक (नेटुवा जाति घुन्ते जीवन ब्यतित गर्नेहरु ) ४२ वर्षिया नुरा खातुनको पर्साको जगन्नाथपुर दशौतामा बाढीले बगाएर ज्यान गएको छ । जगन्नाथपुर १ मा ५५ वर्षिय बुन्नी महतो जगन्नाथपुर ५ मसिहानीका ५५ वर्षिय बासुदेव हजरा  र नाम थर बतन नखुलेको अन्य एक जनाको बाढीका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रराज जोशीले जानकारी दिए । मृत सबैको दाहसंस्कार भएको प्रहरीले जनाएको छ । अविल वर्षका कारण २९ गते आएको बाढीमा परि उनीहरुको मृत्यु भएको प्रहरीले जनायो । पर्सा जिल्लामा बाढीले प्रभाव पारेको ठाउँका बासिन्दाहरुलाई मंगलवार पनि राहत बितरण गरिएको छ । पर्साको सबैभन्दा नराम्रोसंग प्रभावित पटेवा सुगौलीको निचुटामा रहेको मोरमा सुनचाँदी ब्यवसायी संघले राहत बितरण गरेको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । मोर गाउँबाट बिस्थापित भएर निचुटाको माध्यामिक बिद्यालयमा बसेका स्थानीयहरुलाई राहतको निकै आवश्यकता रहेको उनको भनाई छ । साविक गादी गाविसको बनकटवा शंकर शरैया ,सोनवर्षा देखीका बाढी पीडितहरु बिद्यालयमा जम्मा भएका छन । त्याहा १ हजार बन्दा बढीको संख्या रहेको थारुको भनाई छ । पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ भट्टराईको नेतृत्वमा पनि त्यहा केही पाल सहित राहात सामाग्री बितरण गरिएको छ । मसिहानीमा नेपाली कांग्रेसका नेता रमेश रिजाल जनार्दन सिंह क्षेत्रीको टोलीले राहत बितरण गरेको छ । प्रहरी नायव उपरिक्षक हरिकृष्ण खत्रीको टोलीले धोरेमा चिउरा चाउ चाउ लगायतको राहत बितरण गरेको छ । प्रहरी निरिक्षक बिकास गुरुङको टोलीले मनवा रुपक मैनालीको टोलीले मसिहानीमा  एमालेको टोलीले शोलखपुर बेल्वामा राहत बितरण गरेको छ । पर्साको नौगावा भनेर चिनिने ओरिया खोला पश्चिमको बस्ती पनि बाढीले नराम्रो संग प्रभावित भएको छ । त्यस क्षेत्रका नागरिकले राहतकालागि कोही नआएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।   आज वीरगन्ज को नेशनल मेडिकल कलेज को र नेकपा एमालेले महानगरपालिकाको आयोजना मा पर्सा जिल्ला को बेल्वा गाउपालिका मा निस्शुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ  
कार्यक्रम मा नेशनल मेडिकल कलेज को प्रवन्ध निर्देशक एम डी एवम् नेकपा एमालेका का वीरगन्ज महानगरपालिका को मेयरका उम्मेदवार बसरुद्दिन अन्सारी उप मेयरका उम्मेदवार सोफीया आचार्य,नेकपा एमाले का जिल्ला संयोजक प्रभु हजरा, पुर्व जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, युवा नेता नवराज शर्मा नेशनल मेडिकल कलेज का डाईरेक्टर आविद हुसेन को सहभागीता रहेको थियो 
शिविरमा करिब २००जान को स्वास्थ्य परीक्षण गरिएको थियो र ३०० परिवार लाई राहत समाग्री वितरण गरिएको छ कार्यक्रम को प्रमुख अतिथि नेकपा एमालेका का पूर्व मन्त्री तथा केन्द्रीय सदस्य रघुवीर महासेठ ले कार्यक्रम लाई संवोधन गर्दै तराई मधेस मा आएको बाढीले ले जति पुगेको जिल्ला हरु मा नेकपा एमाले सहयोग का लागि पछाडि नपर्ने बताए का छन । यता नेकपा माओावदी केन्द्र निकट बिद्यार्थी संगठनले बीरगंजको घण्टाघरमा राहत संकल केन्द्र संचालन गरेको अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य प्रभाकर गुप्ताले बताए । संकलन राहत अत्यन्तै आवश्यकीय स्थानमा पु¥याइने उनले बताए । संकलन केन्द्रमा माओवादी नेताहरु अर्मिला अर्याल रहवर अन्सारी हरि मण्डल बाबुराम कौशीक सन्तोष घिमिरे  लगायतको सहभागिता रहेको थियो ।
 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.