logo

एक परिवार एक युवा रोजगार राजपाको संकल्प

      9/10/2017 गते 00 00 मा प्रकाशित     2827   पटक पढिएको

भदौ २५ वीरगंज । राष्ट्रीय जनता पार्टीले बीरगंज महानगरको निर्वाचनकालागि आइतवार आफनो संकल्प पत्र सार्वजनीक गरेको छ । एक परिवार एक युवा रोजगारलाई राजपाले आफनो संकल्पको रुपमा प्रस्तुत गरेको छ ।
राजपाको संकल्पपत्र पार्टीका महासचिव एवं बीरगंजका मेयर उम्मेदवार राजेशममानसिंहले सार्वजनीक गरेका हुन । संकल्प पत्रमा समृद्ध बीरगंज ,प्राविधिक शिक्षालय  अन्तराष्ट्रीय स्तरका शिक्षण संस्थाको स्थापना लगायतका बिषयहरु
 समाविष्ट गरिएका छन । महिलाहरुको सन्दर्भमा हिंसारहित समाजको परिकल्पान संकल्प पत्रमा गरिएको छ । 
संकल्प पत्रमा युवाहरुको रोजगारीको बिषयले बिशेष प्रथामिकता पाएको छ । रोजगारीको सृजनाले मात्रै सम्बृद्धि हासिल हुने भएकोले आफनो ध्यान युवा उद्ययमशिलताको बिकास तर्फ केन्द्रीत रहेको सिंहले बताए ।

यस्तै संकल्प पत्रमा महानगरमा जन्मने हरेक बालीकाको सुरक्षित भविष्यका लागि बैँक खाता सन्चालन गरेर महानगरले १० हजार रुपैया जम्म गर्ने र बालिका २० वर्ष भएपछि ५० हजार थपेर दिइने कुरा राजपाको संकल्प पत्रमा उल्लेख छ । 
महानगरको विचबाट बग्ने सिर्सिया नदिलाई सुरन्दर र मनोरम बनाउँदै त्याहाँ ¥याफ्टिङ खेल्न मिल्ने गरि प्रदुषण हटाउने र नदिको किनारमा विकसित बाँसको विरुवा रोपेर सुन्दर बनाउने परिकल्पना पनि घोषणा पत्रमा समेटिएको छ ।
घोषणा पत्रले स्वास्थ्य, शिक्षा, खेलकुदलाई विशेष प्राथमिकतामा राखेको छ ।
वीरगंज सडकको स्तरोन्नती गरि हरेक वडाका सडक २ लेनको पक्कि बनाउने जस्ता योजनाहरु उल्लेख छ ।
हरेक आन्दोलनको मुख्य केन्द्र रहेको वीरगंजमा मधेसी सहिदको सम्झनामा मधेसी सहिद संग्राहालय निर्माण गर्ने,  बालमैत्री बाताबरण निर्माण गर्ने लगायतका योजनाहरु रहेका छन् ।
नाराणी रंगशाला आदर्शनगर रंगशाला लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वरुपमा परिवर्तन गरि खेलकुदका अन्य मैदानहरुको उचित स्तरोन्नती गरिने, इनर्वामा कुस्तिका लागि सुविधासम्पन्न कुस्ति मैदान निर्माण गर्ने लगायतका एजेण्डा समेटिएको छ ।यस्तै उद्योग कलकारखाना निर्माण तथा सन्चालनका लागि आवश्यक नीति तर्जमा गर्दै पर्यावरण मैत्री विकासको आधारलाई प्राथमिकतामा राखिने छ ।मठमन्दिर, पोखरी, नदिनालाको संरक्षण र सवर्दनका साथै आधुनिक कृषिको पकेट क्षेत्रहरुको विकास गरिने घोषणा पत्रमा उल्लेख छ ।संकल्प पत्रसार्वजनिक कार्यक्रममा मेयरका उम्मेद्वार सिंहले घोषणासंकल्प पत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयमा लैजाने बाचा गरे ।  कार्यक्रममा उपमेयरकी उम्मेद्वार रम्भा  मिश्र   रमेस प्रसाद कुर्मी, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्णा पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.