नेपाली काग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काग्रेस परिवर्तनको सम्बाहक भएकोले काग्रेसको पराजयले निरंकुशता हावी हुने चेतावनी दिएका छन । वीरगंज महानगरको अन्तिम चुनावी सभामा बोल्दै काग्रेस सभापति समेत रहेका देउवाले निरंकुशताको बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा लागेको कौग्रेसले नै राजतन्त्रको अन्त्य गरि देशमा गणतन्त्र स्थापना गराएको दावी गरे । उनले मधेशलाई अधिकार सम्पन्न गराउने काममा पनि काग्रेस प्रतिवद्ध रहेको चर्चा गर्दै दुइ तिहाइ बहुमत नपुगेर मधेशलाई अधिकार दिन नसकिएको र यस्को प्रमुख दोषी एमाले भएको आरोप लगाए । मधेशलाई अधिकार दिने कुरामा काग्रेस कहिले पछि नपरेको र नपर्ने दावी गर्दै स्थानिय तहको निर्वाचनमा काग्रेसलाई विजयी गराएको खण्डमा मधेशको विकास हुने जिकिर गरे । उनले कदमकदाचित काग्रेसले पराजय भोगेको खण्डमा देशमा बिस्तारै कम्युनिष्टहरुले एकतन्त्रिय शासन ल्याउने खतरा रहेको चेतावनि पनि दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधी,मेयरका उम्मेदवार अजय दिवेदी मधेश आन्दोलनका शहीद दीलीप चौरसियाका पीता रामेश्वर चौरसिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया