logo

गृहमन्त्रीले गरे आचारसंहिता उलंघन

      9/10/2017 गते 00 00 मा प्रकाशित     1002   पटक पढिएको


सीमरा २५ भदौ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन गर्दै आईतवार चुनावी सभालाई सम्बोधन गरेका छन् । 
नेकपा माओबादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले आचारसंहिता उलंघन गरेका हुन् । हवाईमार्ग हुदै सिमरा बिमानस्थल आईपुगेका शर्माले जीतपुरसिमरा उपमहानगरपालिका भित्रको भलुही, जैतापुर, बालुवाबेरा, ईनर्वासिरा, रेडक्रस टोलको चुनावी सभामा पुगेर माओबादी केन्द्रका उम्मेदवारलाई भोट मागेका छन् । 
गृहमन्त्री शर्मा प्रहरी सुरक्षाका बिच जीतपुरसिमरा १६ को सखुवाघाट गएका छन् । गृहमन्त्री शर्माले बाराका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
कडा सुरक्षाका बिच चुनावी सभामा सहभागी भएका गृहमन्त्रीले आचारसंहिता उलंघन गरेपछि स्थानियस्तरमा चौतर्फी आलोचना हुन थालेको छ । सरकारी पक्षबाटै आचारसंहिता उलंघन भएको भन्दै अन्य राजनीतिक दलका नेता कार्यकर्ता र स्थानीयले असन्तुष्टी जनाउन थालेका छन् ।
सरकारी पक्षबाट बारामा आचासंहिता उल्लघन भएको यो दोस्रो घटना हो । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्दै हिडेको अवस्थामा शुक्रवार जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.