logo

पर्साका सबै स्थानीय तहमा यस्ता छन एमालेका प्रत्यासी 

      9/3/2017 गते 00 00 मा प्रकाशित     2464   पटक पढिएको

बीरगंज १८ भदौ ।नेकपा एमालले पर्साका सबै स्थानीय तहमा आफना उम्मेदवारहरुको अन्तिम टुङगो लगाएको छ । पार्टीका पर्सा संयोजक प्रभू हजराले उम्मेदवारको अन्तिम नामावली आज सार्वजनीक गर्नु भएको हो  ।एमालेले बीरगंज महानगरमा बसरुदिन अन्सारी र सोफिया आचार्यलाई मेयर र उपमेयर बनाएको छ । पोखरिया नगरपालिकाको मेयरमा बृजेश चौहान र  मिनादेवी कानुलाई उपमेयरको उम्मेदवारी दिने निर्णय गरेको छ  । त्यस्तै पर्सागढी नगरपालिकाको मेयरमा हृदयनारायण साह  र उपमेयरमा सरस्वती भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बहुदरामाई नगरपालिकाको मेयरमा प्रमोद कुशवाहा र उपमेयरमा सरस्वती देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पर्साका संयोजक प्रभू हजराले जानकारी दिनु भयो । 
    बिन्दवासीनी गाउँपालिकाको अध्यक्षमा गौरीशंकर साह उपाध्यक्षमा रेनु चौरसिया कालिकामाई गाउँपालिकाको अध्यक्षमा कृष्णमोहन तिवारी ,पकाहा मैनपुर गाउँपालिकाको अध्यक्षमा मदन पासवान उपाध्यक्षमा प्रमीला देवी ,सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा निरराज गिरी र उपाध्यक्षमा केदारकुमारी बिश्वकर्मा ,ठोरी गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ उपाध्यक्षमा गोकुली कुमारी रेग्मी ,जिरा भवानी गाउँपालिकाको अध्यक्षमा रामप्रित महतो थारु उपाध्यक्षमा उषादेवी थारु धोवीनी गाउँपालिकाको अध्यक्षमा इस्लाम मिया तेली उपाध्यक्षमा रामकलीदेवी कुर्मी छिपहरमाई गाउँपालिकाको अध्यक्षमा रणजीत गुप्ता उपाध्यक्षमा आशादेवी यादव पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी उपाध्यक्षमा संजु चौधरी र जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा बासुदेव राम र उपाध्यक्षमा रवनी पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
    बीरगंज महानगरको वडा नं १ भिखम महतो कोइरी ३ मा निरन्जन मिश्र ४ मा सुदीप लामा,५मा प्रदीपसिंह ठकुरी,६ मा बिश्वनाथ अग्रवाल,८ मा राजकिशोर गुप्ता ९ मा बिनयलाल साह,१० मा श्रीलाल रौनीयार,११ मा प्रदुम्न सेढाई,१२ मा सुरेश् गुप्ता १३ मा हिरा गिरी,१५ मा गगन देव पटेल ,१६ रामाधार चौरसिया,१७ किसुनदेव यादव,१८रामानन्द पटेल २० शत्रुघ्न शुक्ला २१ राजेन्द्र राउत अहिर,२२ शिव ठाकुर,२३अवधकिशोर कुशवाहा,२७ प्रदीप यादव,२९ नविजान अन्सारी,३० अमानत अन्सारी,३१ सुलेमान अन्सारी र वडा नं ३२ रामायण महतोलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको संयोजक हजारले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.