logo

पैसा भएकाले टिकट पाउने प्रवृतिले लोकतन्त्रलाई बिकृत पार्छ 

      9/12/2017 गते 00 00 मा प्रकाशित     1330   पटक पढिएको

बीरगंज २७ भदौ । स्वच्छ निर्वाचनकालागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुवोधराज प्याकु¥यालले अर्थपूर्ण नागरिक सम्वादको वीचमा रहेको तगारो हटाउनकालागि हामीहरुले संघीयता खोजेको बताए । अहिलेको सम्बिधानले वडा कार्यालयलाई दिएको अधिकार हिजोको गाउँपालिकालाई भन्दा बढी अधिकार दिएको छ जसले नागरिकको अर्थपूर्ण सम्वादलाई मजवुत बनाएको छ ।

अध्यक्ष प्याकु¥यालले अहिलेको सम्बिधानले ब्यवस्था गरेको हक अधिकारहरु सम्र्पूण स्वायत अधिकार र साझेदारीको अधिकारलाई कमजोर बनाउन अहिले गम्भिर षडयन्त्र भइरहेको बताए । स्वच्छ निर्वाचनकालागि नागरिक अभियानले सोमवार बीरगंजमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्याकु¥यालले हरेक राजनीतिक दलकालागि चुनाव संगठन बिस्तारको माध्यम भएको बताए ।

उनले नेपालको प्रजातानित्रक आन्दोलनमा बिपि कोइरालाले बोलेको र गरेको ब्यवहारमा मेल देखेको हुनाले अहिले पनि हजारौ मान्छे कांग्रेस भनेर कुदेको बताए । उनले मदन भण्डारीको भाषणको प्रभावमा परेर उनको पदचापलाई पच्छयाउनेको संख्यापनि कम नरहेको चर्चा गर्दै निर्वाचनमा दलहरुले बोलेको कुराको अर्थ महत्वपूर्ण रहेको बताए ।

उनले निर्वाचनलाई चेतनशिल रुपमा अनुगमन गर्नकालागि अनुगमन गर्नेहरुकावीचमा  एकता हुनु पर्नेमा जोड दिए । सुक्ष्म निर्वाचन अनुगमन गर्ने र मानव अधिकार आयोगसंग पनि समन्वय गरेर अगाडि बढन सकिने प्रष्ट पारे । चेतनशिल मतदता र स्पष्ट उम्मेदवार भएमात्र निर्वाचन स्वच्छ हुने उनको भनाई थियो ।

चेतनशिल मतदाताले उम्मेदवारले स्पष्ट पार्छ र  चेतनशील उम्मेदवारले मतदातालाई चेतनशील पार्छ मतदाता र उम्मेदवारवीच यस्तो खाले अन्र्तसम्बन्ध रहने गरेको उनले बताए । अध्यक्ष प्याकु¥यालले निर्वाचन बैचारीक जगमा उभिएको हुनु पर्छ समाजको बिविधतामा एकै खालका समस्यहरु रहेकोले पनि यो हुनु जरुरी रहेको उनले बताए ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष तथा अभियानका सह अध्यक्ष इन्द्र अर्यालले निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने मतदातालाई भोज ख्वाउने लगायतका कामले लोकतन्त्रको मर्ममा प्रहार गरेको बताए । उम्मेदवारको छवी ,उसको घोषणापत्र उसको प्रतिवद्धताको आधारमा मत हाल्न पाउने वतावरण नवन्दा सम्म स्वच्छ निर्वाचन हुन्छ भन्ने आधार नवन्ने उनले प्रष्ट पारे ।

आस्था सबैको हुन्छ तर भूमिका फरक हुने कुरालाई बिचार पु¥याउने कुरमा ध्यान दिनु पर्नेमा उनको जोड थियो । निर्वाचन पर्यवेक्षणका बिषयमा सजग हुन जरुरी रहेको चर्चा गर्दै त्यसमा सुधार नभए पैसा हुनेले मात्र टिकट पाउने वतावरण बन्ने चिन्ता ब्यक्त गरे । सबै पार्टीमा पैसा भएकाहरुले जुन प्रथामिकता पाएको देखिन्छ त्यसले हाम्रो लोकतन्त्रलाई आक्षेप लगाउने बतावरण बन्ने कुरामा ध्यान दिन उनले आग्रह गरे ।

सहि रुपमा निर्वाचनको पर्यवेक्षण गर्न सकिएन भने त्यसको दुष्परिणाम सिंगो लोकतन्त्रले सहनु पर्ने अवस्था आउने कुरामा सचेत गराए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाबुराम कौशीक संघीय समाजवादी फोरम पर्साका सहसचिव बालेश्वर थारु ,नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव ,अधिवक्ता रामेश्वर सेढाई, नेपाल बार पर्साक सचिव हरेराम सर्राफ,अधिवक्ता कमल मोहन पोख्रेल ,के दर्शना झा, कोपिला चौलागाई ,कविता खड्का , जिल्ला मताधिकार मंचका सचिव निला राम पत्रकार महेशचन्द्र गौतम, रितेश त्रिपाठी प्राध्यापक राजेन्द्र चौधरी,बीरेन्द्र साह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाल मानव अधिकार संगठन पर्साका अध्यक्ष डा.हरेराम ठाकुरले स्वागत गरेको कार्यक्रमको संचालन इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने र कार्यक्रमको उद्धेश्यमाथि इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले प्रकाश पारेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.