logo

बसरुदिनलाई बदनाम गर्न बिदेशी एजेन्सीहरु सक्रियः महासचिव पोख्रेल

      9/12/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

बीरगंज २७ भदौ । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नु भएको छ । पार्टीको तर्फबाट बीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनीकीकरण गर्नकालागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नु भएको हो । 
    उहाँले नेकपा एमाले मधेश पहाड हिमालका सबै जात जाति र भाषा भाषीको पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको बताउनु भयो । उहाँले मधेशमा एमालेलाई मेधश बिरोधी देखाउने चेष्टा भएको भन्दै तराईको लाइफलाइन हुलाकी राजमार्गकोलाजि बजेट बिनियोजन गर्ने तराईका जिल्ला सदरमुकाम निर्माणकालागि ५० करोड दिने पार्टी मधेशी बिरोधी हुन नसक्ने बताउनु भयो । बिरोधीहरुले लगाएको आरोपमा सत्यता नरहेको चर्चा गर्दै उहाँले सामाजिक कल्याणकोलागि एमालेले गरेका जनप्रियकामका बिषयमा मधेशका नागरिक जानकार भएको बताउनु भयो । उहाँले बीरगंजका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न बिदेशी एजेन्सीहरु लागेको दावी गर्नु भयो । हिजो बसरुदिन सांसद लडदा दाउदका मान्छे भएनन आज एमालेमा आएपछि उनी दाउदका मान्छे बनाइदैछन महासचिव पोख्रेलले भन्नु भयो कानून बिपरित काम गर्ने कुनैपनि एमाले दण्डीत हुनु पर्छ तर बदनाम गर्ने जुन तानाबाना बुनिदैछ त्यसको प्रतिवाद गर्न पनि तयार हुनु पर्छ । बिदेशी एजेन्सीहरु एमालेलाई बदनाम गर्न उद्धत छन ति भित्र वा वाहिरका हुन तिनलाई चिन्न र जवाफ दिन समेत महासचिव पोख्रेलले कार्यकर्ताहरुलाई अपिल गर्नु भयो । उहाँले नेकपा एमाले हार्दा राष्ट्रीय स्वतन्त्रता स्वाभिमान र सामाजिक सदभावले हार्ने बतानु भयो । एमालले जित्नु पर्छ त्यसो हुदा मात्र देशले जित्ने महासचिव पोख्रेलको भनाई थियो ।  कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.