logo

राजपाको शक्ति बिन्यास मूलधारका दललाई फाइदा

      9/5/2017 गते 00 00 मा प्रकाशित     1308   पटक पढिएको

बीरगंज २० भदौ ।
टिकट कसले पाउने भन्ने बिवादले निकास पाउने बित्तिकै राजपा पर्सामा पहिरो गएको छ । पार्टीले बीरगंज महानगरको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि  श्रीवास्तवले पार्टी परित्यागको घोषणा गरेका छन । पटक पटक बीरगंजको मेयर बनेर बिकासप्रेमी मेयरको पहिचान बनाउन सफल श्रीवास्तव महानगरको मेयरको रुपमा भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट प्रतिस्पर्धा गर्ने  भएका छन । उनलाई राजपा पर्साको अध्यक्षमण्डलका दुई जना अध्यक्षहरु पुरुषोत्तमलाल झा र मुस्तकीम अन्सारीले साथ दिएका छन ।उनीसंगै नेताहरु शशीकपुर मिया,रमातुल्लाह खाँ बिपिन यादव ,रामप्रसाद यादव ,देवानन्द यादव रन्जन मिश्र लगायतका नेताहरु श्रीवास्तवको पक्षमा रहेका छन । श्रीवास्तवले महानगरको ३२  वडाका सबै पदहरुमा उम्मेदवारहरु प्रतिस्पर्धामा उतारिने बताएका छन  । राजपाले पोखरियामा नेजामुदिन समानी,बहुदरामाईमा शिव पटेललाई  उम्मेदवार बनाएको छ । पर्सागढी नगरपालिका पटेर्वा सुगौली र ठोरीमा राजपाले उम्मेदवारी दिन सकेको छैन । ६ वटा राजनीतिक दलहरु तमलोपा,सदभावना,रामसपा,नेपाल सदभावना पार्टी ,मधेशी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेश सदभावना पार्टी मिलेर शक्ति आर्जन गरेको थियो । टिकट बितरणमा देखिएको असन्तुष्टीले पार्टीको शक्ति बिन्यास हुन पगेको छ । सबै पार्टी मिल्दाको उकिकृत जनमत बिभक्त हुने भएकोले राजपा एकताको पक्षमा रहेका नागरिकमा निराशा छाएको छ । राजपा भित्रको यो अन्तरद्वण्द्वले अन्तत मुलधारका राजनीतिक दलहरुलाई नै फाइदा पुग्ने देखिन्छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.