logo

राजपाको शक्ति बिन्यास मूलधारका दललाई फाइदा

      9/5/2017 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

बीरगंज २० भदौ ।
टिकट कसले पाउने भन्ने बिवादले निकास पाउने बित्तिकै राजपा पर्सामा पहिरो गएको छ । पार्टीले बीरगंज महानगरको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि  श्रीवास्तवले पार्टी परित्यागको घोषणा गरेका छन । पटक पटक बीरगंजको मेयर बनेर बिकासप्रेमी मेयरको पहिचान बनाउन सफल श्रीवास्तव महानगरको मेयरको रुपमा भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट प्रतिस्पर्धा गर्ने  भएका छन । उनलाई राजपा पर्साको अध्यक्षमण्डलका दुई जना अध्यक्षहरु पुरुषोत्तमलाल झा र मुस्तकीम अन्सारीले साथ दिएका छन ।उनीसंगै नेताहरु शशीकपुर मिया,रमातुल्लाह खाँ बिपिन यादव ,रामप्रसाद यादव ,देवानन्द यादव रन्जन मिश्र लगायतका नेताहरु श्रीवास्तवको पक्षमा रहेका छन । श्रीवास्तवले महानगरको ३२  वडाका सबै पदहरुमा उम्मेदवारहरु प्रतिस्पर्धामा उतारिने बताएका छन  । राजपाले पोखरियामा नेजामुदिन समानी,बहुदरामाईमा शिव पटेललाई  उम्मेदवार बनाएको छ । पर्सागढी नगरपालिका पटेर्वा सुगौली र ठोरीमा राजपाले उम्मेदवारी दिन सकेको छैन । ६ वटा राजनीतिक दलहरु तमलोपा,सदभावना,रामसपा,नेपाल सदभावना पार्टी ,मधेशी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेश सदभावना पार्टी मिलेर शक्ति आर्जन गरेको थियो । टिकट बितरणमा देखिएको असन्तुष्टीले पार्टीको शक्ति बिन्यास हुन पगेको छ । सबै पार्टी मिल्दाको उकिकृत जनमत बिभक्त हुने भएकोले राजपा एकताको पक्षमा रहेका नागरिकमा निराशा छाएको छ । राजपा भित्रको यो अन्तरद्वण्द्वले अन्तत मुलधारका राजनीतिक दलहरुलाई नै फाइदा पुग्ने देखिन्छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.