logo

राजपालाई अर्को झटका युवा मञ्चका पर्सा अध्यक्ष सहितले दिए राजीनामा

      9/10/2017 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

वीरगंज २५ भदौ÷राष्ट्रिय जनता पार्टीका भातृ सगठन युवा मञ्च पर्साका जिल्ला अध्यक्ष सहित सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
युवा मञ्च पर्साका जिल्ला अध्यक्ष शेष मुन्नाको नेतृत्व सयौंको संख्यामा नेता कार्यकर्ताहरुले आज वीरगंज महानगरपालिका वडा नं। २ छपकैयामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी सामुहिक रुपमा पार्टी परित्याग गरेका छन । पार्टीमा आफुहरुले बिगत २ वर्ष देखि धन, मन र तनले अहोरात्र काम गरे पनि पार्टीले पैसाको लोभमा टिकट विक्रि गरेको आरोप लगाउदै आफु लगायत सबै जनाले राजीनामा दिएको बताए । सो अवसरमा पार्टीका वडा नं। २ छपकैयाका इकाई अध्यक्ष सलाउदिन मिया चुरिहार, महिला इकाई अध्यक्ष सुनिता साह, विद्यार्थी नेता निमा पोख्रेल, रिता देवी, मान्ती देवी, शनि गुप्ता, भुलन बैठा, बिजय कुमार उपाध्याय, संजय पटेल, अमिताब पटेल, राजकुमार पटेल, अमित बैठा, रुद्र नारायण सिंह, शेष सजिद, दिपनाराण सिंह, बेचु दास, शेष सोएब, कमरुदिन असमानी लगायत सहभागीहरुले पार्टी परित्याग गरेको जनाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.