logo

वीरगञ्ज मेयरका प्रत्यासी बसरुद्दिन र अजयबीच ‘लभ–हेट’को सम्बन्ध

      9/11/2017 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

वीरगञ्ज - धेरैलाई थाहा नहुन सक्छ, वीरगञ्ज महानगरपालिका मेयर पदका प्रत्यासी नेपाली कांग्रेसका अजय द्विवेदी र नेकपा एमालेका प्रत्यासी बसरुद्दिन अन्सारी पुराना मित्र हुन्। तर, पछिल्लो समय यी दुवैबीच राजनीतिक वृत्तमा कडा प्रतिस्पर्धा हुने गरेको छ। बसरुद्दिनको राजनीतिक सुरुवात नै नेपाली कांग्रेसबाट भएको थियो। पछि उनी माओवादी हुँदै एमाले प्रवेश गरे। 

दोस्रो संविधानसभा निर्वाचनमा बसरुद्दिन माओवादीबाट उठेका थिए। त्यतिबेला पनि उनी अजयकै प्रतिस्पर्धी थिए। यी दुवैको कडा प्रतिस्पर्धाका बीच एमालेका बिचारी यादव सभासद चुनिए। 

पटक–पटक फरक पार्टीबाट अजय र बसरुद्दिन एकअर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा ओर्लिसकेका छन्। तर, यिनीहरुबीच ‘वीरगञ्जीया यारी’ कायमै छ।

‘लभ–हेट’ को सम्बन्ध रहेको यिनै दुई साथी आइतबार नेपाल लाइभको वीरगञ्जस्थित अस्थायी लाइभ सेन्टरमा झुल्किए।

प्रस्तोता रुपेश श्रेष्ठले अजयको अन्तर्वार्ता गरिरहँदा बसरुद्दिन निकै चाख मानेर सुनिरहेका थिए। अन्तर्वार्ता सकिएपछि अजय उठेर बाहिरिन खोज्दा बसरुद्दिनले रोके। अनि गर्लाम्म अँगालो हाले।

‘बाहुन र मुसलमानको एकता बलियो हुन्छ, पण्डितजी बधाई छ,’ बसरुद्दिन भन्दै थिए। अजयले पनि ठट्टैमा भने, ‘हमनी दुनु मेसे केहु एक आदमी जिते, दोसर कौनो ना (हामी दुईमध्ये एकले जितौं अन्यले नजितुन्)।’ 

प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारको त्यो क्षणलाई हामीले क्यामरामा कैद गरेका थियौं।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.