वीरगञ्ज ३० भदौ । नेपालीकाँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपालीकांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्वगर्ने बताएका छन ।पर्साको पोखरीयामा शुक्रवार आयोजित चुनावीसभालाई सम्बोधनगर्ने क्रममा नेता पौडेलले नेपालका विभिन्न कालखण्डमा देशबाट जहाँनियाशासक राणादेखि लिएर राजालाई समेत हटाई मुलुकमा लोकतन्त्र ल्याउनका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व नेपालीकाँग्रेसले गरेको र काँग्रेसका कारणले लोकतान्त्रिक पद्धति स्थापित भएको दाबी गरे ।उनले देशको विकासकालागिकाँग्रेसको नेतृत्वअपरिहार्य रहेको उल्लेख गर्दै विकास र समृद्धिको परिकल्पना र कार्यक्रम नेपाली कांग्रेस संग मात्र भएकोले यस अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए ।
उनले सबैको मुहारमा खुशील्याउनका लागि स्थानिय निकायमा नेपालीकांग्रेसका उम्मेद्वारलाई जिताउनु पर्ने जिकिर पनि गरे ।कार्यक्रममा नेपालीकाँग्रेसका नेता तथा साँसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयचौरसिया, पूर्व जिल्ला सभापतितथा नेपालीकांग्रेसका नेता जनार्दन सिँह क्षेत्री, नेताहरु रामेश्वर रौनियार, श्याम पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया