logo

शहीदको लाश बिक्री गरिएको भन्दै शहीद परिवारले त्यागे फोरम नेपाल

      9/2/2017 गते 00 00 मा प्रकाशित     3194   पटक पढिएको


बीरगंज १७ भदौ । "२०७२ साल भदौको १४ गते " बीरगंजको आकाशलाई कालो धुवाले घेरेको थियो । स्वस्फूर्त रुपमा सडकमा बिद्रोहका स्वरहरु गुन्जिएका थिए । स्थानीय प्रशासनले कफूर्य घोषणा गरेको थियो । प्रशासनको आदेशलाई बर्खिलाप गर्न नागरिकलाई क्षण पनि लागेन । एक निमेशमा प्रशसनीक आदेशको धोती खुस्क्यो । सिंगो शहर आन्दोलनकारीको कब्जामा गएजस्तो । प्रशासन समेत के गर्ने नगर्ने भन्ने अन्यौलमा थियो । साँझको बेला अवस्था सामान्य होला ।

साँझ परेपछि मान्छेहरु बास बस्न तिर जालान भन्ने के मात्र भएको थियो । एउटा किशोरको जीवनलिला समाप्त भयो । साउन ३१ बाट घोषीत आम हडताल भदौ १३ देखी एकाएक शसक्त भएको थियो । त्यो भन्दा अगाडि आन्दोलन स्थानीय प्रशासनसंग मिलेर गरिदैछ भन्ने आरोप समेत लाग्ने गरेको थियो । हो भदौ १४ गते साँझ जिल्ला बिकास समिति अगाडि प्रहरीको गोली लागेर एउटा सम्भावना बोकेको युवा शहीदको पंक्तिमा लामबद्ध भए ।

ति युवा थिए बिआइटी कलेज बीरगंजमा इन्जिनियरिङका विद्यार्थी बीरगंज महानगरपालिकाको जगरनाथपुरका दिलिप चौरसिया । अधिकार प्राप्तिको आन्दोलनमा दिइएको शहादतलाई खेर जान नदिन आन्दोलनरत दलका नेताहरुको प्रतिवद्धता आईरहेकै हुन्थ्यो । तर आज शहीद परिवार निराश छन । जुन धरातलमा उभिएर देश र जनताको निम्ति उनीहरुले ज्यानको आहुती दिए त्यसलाई कतिपय नेताहरुले सौदावाजीको बस्तु बनाईदिएको आरोप लाग्न थालेको छ ।स्थानीय तहको निर्वाचनको सरगर्मीले प्रदेश २ को राजनीतिको ताममान निकै बढेको छ । सबै राजनीतिक दलहरु मतदातालाई लोभ्याउन लागि परेका छन ।

त्यसकोलागि आकर्षक प्रतिवद्धताहरु ,राहत,सडक निर्माण ल्यापटप बितरण पंखा बितरण आदी सबै भएका छन । तर भदौ १६ गते जगरनाथपुरमा छुट्टै खालको वतावरण थियो । नेपाली कांग्रेसको निर्वाचन प्रचारको सभा थियो । त्यसको एउटा वक्ता थिए । शहीद दीलीप चौरसियाका पीता उनको गालामा माला थियो अनुहारमा अविर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उनलाई नेपाली कांग्रेसमा स्वागत गरेका थिए । उनले आफनो छोरो मधेश र मधेशी जनताको हितका निम्ति शहीद भएकोमा गर्व गरे तर त्यो शाहदतलाई पैसामा साटिएको भन्दै चिन्ता ब्यक्त गरे । उनी संघीय समाजवादी फोरममा संगठीत थिए ।

फोरमले बीरगंज महानगरको मेयर उम्मेदवारमा ब्यवसायी बिजयय सरावगी र उपमेयरमा पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव पत्नि पीकी यादवलाई उम्मेदवार बनाएको छ । उम्मेदवार निर्धारणको मापदण्ड राजनीतिक भन्दा पनि बढी गैरराजनीतिक र मुनाफा आर्जनमा केन्द्रीत रहेको शहीद पीताको आरोप थियो । चौरसियाका, परिवारका सबै सदस्य संघीय फोरम परित्याग गरि नेपाली कांग्रेसमा समाहित भए । आज पनि शहिद परिवार सहादतको परिणामको प्रतीक्षामा छन् । शहिदका आमाहरू आफ्नो पुत्रको सहादतको हिसाब माग्दै छन् । शहिदका सन्तानहरु नयाँ बिहानीको खोजीमा छन् ।

बिरगंजका बीर सहिद योद्धाहरुहरुको आत्मा मधेस मुक्तिको लागि प्रतीक्षारत् छ । मधेसका अधिकार, पहिचान एवं स्वाभिमान प्राप्ती नै वीर सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै आएकाहरुले शहीद परिवारको आत्मा रुवाउदै टिकट बितरणको निर्णय गरेकोमा नैतीकता र इमान्दारीता लज्जीत हुन पर्ने अवस्था आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.