logo

टिकुलीयाघाटको पुल नबन्दा स्थानीयलाई सास्ती पप्पु कन्स्ट्रक्सनलाई मस्ती

      5/8/2018 गते 00 00 मा प्रकाशित     1612   पटक पढिएको

गौर २५ बैशाख ।
रौतहटको सदरमुकाम गौरलाई औरैया नगरपालिकासंग जोड्ने टिकुलीया घाटको पूल नबन्दा त्यस क्षेत्रका नागरिकले निकै सास्ती खेप्नु परेको छ । ठेकेदार पक्षको लापरवाहीका कारण पुल नबनेको स्थानीयको आरोप छ । 


बर्षायाम शुरु हुन लागेको छ । बकैयामा आउने बाढी र हिलाम्मे सडकले औरैया नगरवासीलाई गौर पुग्न निकै सकस हुने गरेको छ ।  तर पुल निर्माणको जिम्मा लिएको नेपालकै “क”श्रेणीको निर्माण कम्पनी पप्पु कन्सट्रक्सन नागरिकको यो पीडालाई बुझ्ने प्रयास गरेको छैन । मुनाफा आर्जनमा दौडेको निर्माण कम्पनीले समाज कल्याणको काम गर्नु “आकाशको फल आँखा तरि मर ”भने जस्तै हुने ठान्दछन औरैया नगरवासी ।


    टिकुलीयाघाटमा बन्दै गरेको बकैया पुल समयमै नबन्दा स्थानीय नागरिक आक्रोशीत छन ।  तत्कालीन प्रधानमंत्री शुसिल कोइरालाद्वारा शिलान्यास गरिएको पुल निर्माण नहुदा राजनीतिक रुपमा नेपाली कांग्रेसलाई समेत घाटा पुगेको छ ।

 

राजनीतिक उपस्थितिकालागि मात्र पुलको शिलान्यास भएको जस्तो लागेको स्थानीयले बताए । रौतहटको २ नम्बर क्षेत्रका नागरिकको सदरमुकासंगको सम्बन्ध बर्षायाममा  पुल नबनेकै कारण सम्बन्ध टुटने गरेको स्थानीय भूवनेश्वर शाहीले बताए । 


निर्माण कम्पनीले भने पुल निर्माणको अवधी बढाउन माग गर्दै तालुकवाला अड्डामा निवदेन दिएको बुझिएको छ । रौतहटका सडक बिभागका प्रमुख सुमन महतोले भने आफू नयाँ आएकोले त्यस बिषमा बुझ्ने प्रतिक्रिया दिएका छन ।


२ सय २५ मिटर लम्बाई भएको पुल निर्माण शहरी बिकास मंत्रालयसंग १६ करोड ८६ लाख रुपैयामा पप्पुले ठेक्का सकार गरेको थियो । पुल निर्माण गरि हस्तान्तरण गर्ने समय सकिदा समेत आधा पनि काम नसकिएको अवस्था छ ।

काम बारे गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद तथा कम्पनीका मालिक हरिनारयण रौनीयारसंग चासो राख्दा रौनीयारले पुल निर्माणको काम बेलैमा सक्न आफूले प्रयास गरिरहेको जानकारी दिएको स्रोतले बताएको छ ।


समयमा पुल बन्न नसक्दा औरैया,बन्जराह,मठिया ,जोकाहा,जटहरा लगायतका गाउँका जनता भने मर्कामा परेका छन । रौनीयारका कारण समस्यामा परेका रौतहटबासी उनकोे बिकास र समृद्धिको नारा फलाकेर नथाक्ने बानी देखेर भने तीन छक्क परेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.