logo

जुन सम्बिधानले मुख्यमंत्री बनायो त्यही अपुरो छ भन्नेको भ्रममा नपरौ ः नेता यादव

      5/15/2018 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

बीरगंज १ जेठ ।
नेपाल संघीय समाजवादी पार्टी पर्साको अध्यक्षमा हरेन्द्र साह कानु चयन भएका छन । बीरगंजको नगर सभागृहमा मंगलवार आयोजना गरिएको  जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले साहलाई अध्यक्षमा चयन गरेको हो । 

 


बीरगंजको नगरसभागृहमा सम्पन्न वृहत भेलाले हरेन्द्र साह कानुको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

 

समितिको उपाध्यक्षमा महम्मद नसुरल्लाहा मियां, सचिवमा बालेश्वर चौधरी, सहसचिवमा पप्पु चौरसिया र सदस्यहरुमा उमेश गिरी, समिम मिया, ममरुद्दिन अन्सारी, हरिशंकर साह, सिनरिखिया देवी कंकड, विजय कुशवाहा, गौरा चौधरी, फरियाद अहमद, अनिल पटेल, दिपेन्द्र पटेल लगायतका रहेका छन् ।

 


कार्यकर्ता भेलाको उद्घाटन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले संविधान स्वीकार गरी मन्त्री, मुख्यमन्त्री बन्ने तर सोही संविधान अपुरो छ भन्नेहरुले जनतालाई मुर्ख बनाएकोले  भ्रममा नपर्न आम जनतलाई अपिल गरे ।  


उनले वैज्ञानिक समाजिक नीति भन्ने माओवादी, एमाले हाल सत्ताका लागि एकिकरण हुन लागेको बताउदै पर्सामा प्रहरी प्रशासनको निष्कृयताका कारण गाउं गाउंमा तस्कर अपराधिहरुले आतंक मच्चाएको दावी चर्चा गरे । 
उनले शोषित पीडित जनताको अधिकारकोलागि अब अर्को आन्दोलन शुरु हुने बताउदै त्यो आन्दोलनले नेताको घर, टोल, नाता र समुदायको मात्र विकास गर्नेहरुलाई समाप्त पार्ने चेतावनी दिए  ।

 
कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले चुनाव पछि पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन भेलाको आयोजना गरिएको र गरिव, दलित, असहायको पक्षमा पार्टीले काम गर्दै आएको स्पष्ट पारे ।
कालिकामाई गाउंपालिकाका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य नथुनी कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य विना देवी वैठा, कविता चौधरी, भिष्म सिंह, इम्दाद गद्दी, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनाल, वान प्रदेश नम्बर २ का अध्यक्ष आर.सि.यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्र सन्दीप चौरसियाले संचालन गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.