logo

हरिनारायण र सुमित रौनीयार जेल पर्छनकी पर्दैनन भन्ने चर्चा चुलीमा

      5/22/2018 गते 00 00 मा प्रकाशित     1331   पटक पढिएको

बीरगंज ८ जेठ । 
नेपाल सरकारले समयमा काम नसक्ने ठेकेदारलाई जेल हाल्ने भनेपछि एक खालको तरंग आएको छ । नेपाल निर्माण ब्यवसायी महासंघले ठेकेदारहरुलाई पक्राउ नगर्न माग गर्दे गृहमंत्रीलाई समेत भेट गरेका छन । 


गृहमंत्रीको यो आदेश पछि पर्सा जिल्लामा पनि त्यस बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । नेपालको “क”श्रेणीको ठेक्का कम्पनी “पप्पु कन्सट्रक्सनका मालिकहरु जेल पर्छन की पर्दैनन भन्ने चर्चा चुलीमा पुगेको छ । 


पर्सा जिल्लाको बिकासको बाधक भनेर चिनिएका सासद हरिनारायण रौनीयार नै त्यो निर्माण कम्पनीका मालिक हुन । पर्सा जिल्लामै पप्पु कन्सट्रक्सनले ठेक्का सकार गरेका कतिपय कामहरु अहिले पनि सकिएका छैनन । देशभरिको कुरा गर्ने हो भने अधिकतम ठेक्का अलपत्र पारेर रौनीयार सासद भएका छन । 


रमण पप्पुको संयुक्त कम्पनीले निर्माणको ठेक्का लिएको हुलाकी राजमार्गको गोलाघाटमा नारायणी पुलको निर्माण कार्य अलपत्र परेको छ । त्यो अहिले आर्विटेशनमा गएको छ । ठेक्का ३६ करोड रुपैयाको रहेको छ । सुन्दरेघाटको बाग्मती पुल ३४ करोडमा ठेक्का सकार गरेकोमा काम छाडेर भागे पछि सम्बन्धीत निकायले काममा आउन भन्दै सार्वजनीक सूचना प्रकाशीत गरेको छ । रसुवाको बट्टारमा १५ करोडमा ठेक्का सकार गरेकोमा पुलको प्रगती साढे तीन वर्ष बित्दा जम्मा १५ प्रतिशत प्रगती हासिल भएको छ ।

 

मध्य पहाडी लोकमार्गको सिन्धुलीमा थाङसाङमा १० करोडमा ठेक्का सरकार गरेको पप्पु कन्सट्रक्सन अहिले काम छाडेर भागेको छ । भेरी नदीमा १६ करोडमा पुल बनाउने ठेक्का सकार गरेर फरार रहेको कम्पनीलाई काममा आउन भन्दै सम्बन्धीत निकयाले दूई पटक सूचना प्रकाशीत गरेको छ ।  


पर्सा जिल्ला रौनीयारको आफनो गृह जिल्ला हो । गृह जिल्लामा राम्रो गरेर देखाउने भन्दा पनि बिभिन्न बाहाना देखाएर काम ढिलो गर्दै आएका रौनीयारको कम्पनीको निर्माणपनि गुणस्तरीय नरहेको भूक्तभोगीहरुले बताउछन । पर्साको लालपर्सा र मिलचोक खण्डमा निर्माण भएको कालोपत्र सडक निर्माण भएको वर्षबाटै भत्किन शुरु भएको थियो । अहिले कालोपत्र सडकमा हिड्नेहरुले ठेकेदार कम्पनीलाई सराप्दै हिडने गरेका छन । सडकमा भएका खाल्डा र खुल्डीले गर्दा सराप्न मन लागेको लालपर्साका बिनेश यादव बताउछन । 


पर्साको नैरगिया पूल ०६८ श्रावण २७ गते सम्झौता भएको थियो । सो पूलको निर्माण ७० साल श्रावणमा सकिनु पर्नेमा अझै पूर्णतया हस्तातन्तरण भएको छैन । पर्साको लाइफलाईनको रुपमा रहेको पोखरिया बीरगंज सडक खण्डको तिलावे पूल पनि सोही मितिमा सम्झैता भएको हो । ७० सालमै निर्माण सम्पन्न हुनु पर्ने सो पुलको अवस्था दयनीय छ ।

 

६८ को सम्झौता ०७५ हुदा पनि सकिएको छैन । बेलैमा काम सम्पन्न नगर्ने अहिले पर्साको क्षेत्र नं ३ बाट संघीय समाजवादी फोरमको तर्फबाट प्रतिनिधि सभाको सदस्य जितेका हरिनारायण रौनीयार जो तत्कालीन प्रवन्ध निर्देशक हुन र अहिलेका प्रवन्ध निर्देशक उनका सुपुत्र सुमित रौनीयार बेलैमा काम नसक्ने ठेकेदारको सूचीमा परेर जेल जान्छन की जादैनन हेर्न बाँकी छ । कानूनको अधिनमा रहेर सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.