logo

हरिनारायण र सुमित रौनीयार जेल पर्छनकी पर्दैनन भन्ने चर्चा चुलीमा

      5/22/2018 गते 00 00 मा प्रकाशित     1481   पटक पढिएको

बीरगंज ८ जेठ । 
नेपाल सरकारले समयमा काम नसक्ने ठेकेदारलाई जेल हाल्ने भनेपछि एक खालको तरंग आएको छ । नेपाल निर्माण ब्यवसायी महासंघले ठेकेदारहरुलाई पक्राउ नगर्न माग गर्दे गृहमंत्रीलाई समेत भेट गरेका छन । 


गृहमंत्रीको यो आदेश पछि पर्सा जिल्लामा पनि त्यस बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । नेपालको “क”श्रेणीको ठेक्का कम्पनी “पप्पु कन्सट्रक्सनका मालिकहरु जेल पर्छन की पर्दैनन भन्ने चर्चा चुलीमा पुगेको छ । 


पर्सा जिल्लाको बिकासको बाधक भनेर चिनिएका सासद हरिनारायण रौनीयार नै त्यो निर्माण कम्पनीका मालिक हुन । पर्सा जिल्लामै पप्पु कन्सट्रक्सनले ठेक्का सकार गरेका कतिपय कामहरु अहिले पनि सकिएका छैनन । देशभरिको कुरा गर्ने हो भने अधिकतम ठेक्का अलपत्र पारेर रौनीयार सासद भएका छन । 


रमण पप्पुको संयुक्त कम्पनीले निर्माणको ठेक्का लिएको हुलाकी राजमार्गको गोलाघाटमा नारायणी पुलको निर्माण कार्य अलपत्र परेको छ । त्यो अहिले आर्विटेशनमा गएको छ । ठेक्का ३६ करोड रुपैयाको रहेको छ । सुन्दरेघाटको बाग्मती पुल ३४ करोडमा ठेक्का सकार गरेकोमा काम छाडेर भागे पछि सम्बन्धीत निकायले काममा आउन भन्दै सार्वजनीक सूचना प्रकाशीत गरेको छ । रसुवाको बट्टारमा १५ करोडमा ठेक्का सकार गरेकोमा पुलको प्रगती साढे तीन वर्ष बित्दा जम्मा १५ प्रतिशत प्रगती हासिल भएको छ ।

 

मध्य पहाडी लोकमार्गको सिन्धुलीमा थाङसाङमा १० करोडमा ठेक्का सरकार गरेको पप्पु कन्सट्रक्सन अहिले काम छाडेर भागेको छ । भेरी नदीमा १६ करोडमा पुल बनाउने ठेक्का सकार गरेर फरार रहेको कम्पनीलाई काममा आउन भन्दै सम्बन्धीत निकयाले दूई पटक सूचना प्रकाशीत गरेको छ ।  


पर्सा जिल्ला रौनीयारको आफनो गृह जिल्ला हो । गृह जिल्लामा राम्रो गरेर देखाउने भन्दा पनि बिभिन्न बाहाना देखाएर काम ढिलो गर्दै आएका रौनीयारको कम्पनीको निर्माणपनि गुणस्तरीय नरहेको भूक्तभोगीहरुले बताउछन । पर्साको लालपर्सा र मिलचोक खण्डमा निर्माण भएको कालोपत्र सडक निर्माण भएको वर्षबाटै भत्किन शुरु भएको थियो । अहिले कालोपत्र सडकमा हिड्नेहरुले ठेकेदार कम्पनीलाई सराप्दै हिडने गरेका छन । सडकमा भएका खाल्डा र खुल्डीले गर्दा सराप्न मन लागेको लालपर्साका बिनेश यादव बताउछन । 


पर्साको नैरगिया पूल ०६८ श्रावण २७ गते सम्झौता भएको थियो । सो पूलको निर्माण ७० साल श्रावणमा सकिनु पर्नेमा अझै पूर्णतया हस्तातन्तरण भएको छैन । पर्साको लाइफलाईनको रुपमा रहेको पोखरिया बीरगंज सडक खण्डको तिलावे पूल पनि सोही मितिमा सम्झैता भएको हो । ७० सालमै निर्माण सम्पन्न हुनु पर्ने सो पुलको अवस्था दयनीय छ ।

 

६८ को सम्झौता ०७५ हुदा पनि सकिएको छैन । बेलैमा काम सम्पन्न नगर्ने अहिले पर्साको क्षेत्र नं ३ बाट संघीय समाजवादी फोरमको तर्फबाट प्रतिनिधि सभाको सदस्य जितेका हरिनारायण रौनीयार जो तत्कालीन प्रवन्ध निर्देशक हुन र अहिलेका प्रवन्ध निर्देशक उनका सुपुत्र सुमित रौनीयार बेलैमा काम नसक्ने ठेकेदारको सूचीमा परेर जेल जान्छन की जादैनन हेर्न बाँकी छ । कानूनको अधिनमा रहेर सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.